Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राप्रपाले आज काठमाडौं प्रदर्शन गर्ने

२४ मंगलबार , मंसिर २०८२८ महिना अगाडि

राप्रपाले आज काठमाडौं प्रदर्शन गर्ने

आज काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बृहत् प्रदर्शन गर्ने भएको छ । राप्रपाले राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित प्रदर्शन गर्न लागेकाे हाे ।

आज काठमाडौंको रत्नपार्कमा मध्यान्ह १२ बजे हुने प्रदर्शमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागी हुन आह्वान गर्दै उनले समाजिक सञ्जाल मार्फत आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको माग गरेका छन् ।

त्यसैगरि अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने समेत राप्रपाको माग रहेकाे छ । अध्यक्ष लिङ्देनले जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन प्रदर्शन गर्न लागिएको बताएका छन् ।

त्यस्तै राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन्जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन् । उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको उल्लेख गरेका हुन् ।

प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको बताएका छन् ।