Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२२ आइतबार , मंसिर २०८२२ महिना अगाडि

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

नेकपा माओवादी केन्द्रबाट अलग भएका नेता जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा देखाइएकाे छ । आज बिहान गृहजिल्ला रुकुम पश्चिममा शर्मालाई कालोझण्डा देखाइएको हो ।  

आज बिहानै काठमाडौँबाट नेपाल एयरलाइन्सको हवाईजहाज मार्फत रुकुमकाे सदरमुकाम खलंगा पुगेका शर्मालाई रुकमका कार्यकर्ताहरूले कालोझण्डा देखाएपछि स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको बताइएकाे छ ।

जनार्दन शर्मा नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि उनी पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका थिए । बिघटित माओवादी पार्टीका उपमहासचिव शर्मालाई सधैँ फूलमाला लिएर एस्कर्टिङ गर्न आउने नेता,कार्यकर्ताले पार्टी फुटाएको भन्दै कालो झण्डा देखाएकाे बताइएकाे छ ।

यसअघि शर्मा त्यही जिल्लाबाट निरन्तर निर्वाचित भएर पटकपटकका मन्त्री समेत बनेका थिए ।