Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

शान्तिका सेता परेवा मार्ने भारत नै हो

२४ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

गणेशबहादुर ढुंगाना  (गणेशबहादुर ढुंगाना बित्नुभो। उहाँको सम्झनामा उहाँले लेखेर जानुभएका देशभक्तिपूर्ण लेख उहाँका परिवारबाट प्राप्त भएकोले श्रद्धाञ्जली स्वरुप प्रकाशित गरिएको छ। सं.)

१) भारतमा नेहरु सरकारले नागरिक सम्बन्धी आधार वर्ष कायम गरेपछि नेपालसँग १९५० को एकतर्फी सन्धि गरी नेपालीलाई भारतमा नागरिकता दिन रोक लगाई भारतीयलाई नेपालमा खुला गरेको पनि हाल ६६ वर्ष पुगेछन्। यो लगभग ६६ वर्षको यथार्थ तथा निर्भिक मूल्यांकन गर्दा विश्वमा एकमात्र शान्तिको सेतो परेवा भनेर चिनिने शान्तिक्षेत्र प्रस्तावलाई राष्ट्रसंघका जिम्मेवारब हुसंख्यक सदस्य ११६ राष्ट्रहरुबाट अनुमोदित, स्थापित शान्तिको प्रतिक, स्वतन्त्र, सर्वाभौमसत्ता सम्पन्न, स्यानो छिमेकी राष्ट्र नेपालको सुरुमै अपवादको रुपमा विरोध गरेर निक्लेको छिमेकी राष्ट्र भारतले यो झण्डै ६६ वर्षको अवधिमा अपुरणीय क्षति पुर्‍याई, नेपाल र नेपालीको अस्तित्व नै मेटाउने गरी सयौं षडयन्त्रकारी चक्रव्यूह रचेको शंकारहित रुपमा प्रमाणित हुनगएको छ। यसो गर्नमा भारत सरकारलेअ ाफ्नो क्षेत्रीय शक्तिको उन्मादको पुरै दुरुपयोग गरेर देखाएको छ।

दक्षिण एसियाको सवाअर्व जनसंख्याा, सर्वशक्तिशाली खुफिया, माफियाको महाजन मुलुक भारतले त्यसको वर्िाध दुरुपयोग गरेरसंत्रासको राज्य लागू गर्दा सबैभन्दा बढी पीडित र मर्माहित नेपाललाई नैबनाएको छ। यस अवधिमा हेर्दा भारतले नेपालमा साम, दाम, दण्ड, भेद सबै प्रकारका हथकण्डा प्रयोग गरेर नेपाल र नेपालीमाथि भारत संत्रासको मनोव्यथा नै खडा गरिदिएछ जसको परिणाम कोही स्तव्ध भई सन्नाटामा बस्ने, कोही बिक्री भएर भारतकै भाडाका टट्टु भएर आफ्नै मातृभूमिको विरोधमा काम गर्ने, कोही देशै छोडेर विदेश भाग्ने भएछन्।

यस्तो परिप्रेक्ष पारेर नेपालमा शर्तनामा लेखाएर भाडाका स्वदेशी नेपाली योद्धा खडा गरेर नक्कली जनयुद्ध प्रायोजित गरी नेपालका विकासका पूर्वाधार, मूल्य र मान्यताका आधार स्तम्भहरु ध्वस्त पारी नरहे बाँस, न बजे बाँसुरी भनी भयावह नजिर देखाइदिनु, आफैले नक्कली अवैध सुपरशक्ति केन्द्र खडा गरेर आफैले छिमेकी राष्ट्रभित्र प्रमाणिक दुरुपयोग गर्नु, राष्ट्रसंघका सर्वमान्य सिद्धान्त प्रतिवद्ध, आ–आफ्ना देशका  शान्ति, प्रजातन्त्र, मानवअधिकार, राज्यका सार्वभौम अधिकार, कानुनी राज्य जस्ता मूल्य र मान्यतावान, नेपालका शान्ति क्षेत्रका समर्थक समेत रहेका युरो–अमेरिकी शान्तिप्रिय महाशक्ति राष्ट्रहरुलाई पनि आफ्नो आतंकी आकांक्षी सिद्धान्तहीन एलाइन्समा समावेश गराएर  नेपालको जनआन्दोलन हामी नेपालीका लागि वाध्यात्मक भएर आएको थियो। त्यसैले अव हामीले मनवाट डर भगाएर शीरमा कात्रो बाँधेर अर्को जनआन्दोलनमा उत्रिनै पर्दछ। एकमुष्ठ नेपालीले यस्तो पृष्ठभूमिलाई नजरअन्दाज गर्न मिल्दैमिल्दैन। क्रमस...