Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आज उज्यालो नेपाल पार्टीकाे औपचारिक घोषणा हुँदै

१८ बुधबार , मंसिर २०८२११ घण्टा अगाडि

आज उज्यालो नेपाल पार्टीकाे औपचारिक घोषणा हुँदै

आज दिउँसो १ बजे काठमाडाैँकाे कमलादीस्थित प्रज्ञाभवन उज्यालो नेपाल पार्टीकाे औपचारिक घोषणा हुँदैछ । नेपाली जनताले विश्वास र भरोसा गर्नसक्ने नेतृत्व प्रदान गर्ने प्रतिवद्धता सहित गठन भएकाे उज्यालो नेपाल पार्टीकाे औपचारिक घोषणा हुने भएकाे हाे ।

अन्तरिम सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको पार्टीकाे औपचारिक घोषणा कार्यक्रमका प्रमुख अतिथि पनि मन्त्री घिसिङनै रहनेछन् । दिउँसो १ बजेदेखि ४ बजेसम्म विशेष कार्यक्रम सहित पार्टीले कार्यक्रम गर्ने जनाइएको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्दा घिसिङ अनुपस्थित रहेका थिए । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय, र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

पार्टीकाे औपचारिक घोषणा कार्यक्रममा सैद्धान्तिक आधार, प्राथमिकता र कार्ययोजना स्पष्ट रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । उज्यालो नेपाल पार्टी दलहरूको भीडमा थपिएको अर्को दल मात्र नभई, ‘उज्यालो सपना’ साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको संगठनको रूपमा अघि बढ्ने दाबी गरिएको छ ।