Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

पूर्वप्रहरीले पार्टी खोले \

२४ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

जीवनभर जागीर खाने अनि जागीरबाट निबृत्त हुनासाथ पार्टी खोलेर संसद र सरकार ताक्ने? पूर्वप्रहरीले राजनीति बुझे, नेता हुनुको फाइदा कति रहेछ भनेर पनि देखे। अनि जागीरबाट निवृत्त हुनासाथ पार्टी खोल्न हतारिए। नेपालमा अव कुनै पनि क्षेत्र आकर्षित हुने क्षेत्र रहेन, राजनीति बाहेक। राजनीतिमा सबैको चाख र चासो यसरी बढेर गयो कि रमाइलो त राजनीतिमा पो देखियो। यद्यपि राजनीति नीतिहरुमा श्रेष्ठनीति र सेवाभावले भरिपूर्ण हुनुपर्ने हो, तर यता सम्भाबनाको खेल र शुभलाभ मात्र हुने खेती राजनीति भएकाले पूर्वसुरक्षाकर्मीको आकर्षण पनि राजनीतितिर पो देखियो। यहीकारण पूर्वप्रहरीले पार्टी खोले। राजनीतिमा लागे। 

पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी– पूर्वप्रहरीहरुले खोलेको पार्टीको नाम यही हो। यो पार्टीलाई निर्वाचन आयोगले साउन १९ गते मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐन अन्तर्गत राजनीतिक दलका रुपमा दर्ता गरिएको भनेर निर्वाचन आयोगले यो पार्टीका अध्यक्ष पूर्वडीआइजी विनोद सिंहलाई पत्र दिएको छ। पूर्वडीआइजी विनोद सिंह भन्छन्– राष्ट्रसेवकको रुपमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रनिर्माणमा लगाउन राजनीतिक दल खोलिएको हो।

अव पूर्वनिजामती कर्मचारी, पूर्वसैनिकहरुले पनि लोकतान्त्रिक पार्टी खोले भने आश्चर्य नमाने हुन्छ। किनकि स्वबर्गीयहरुले मत दिए भने प्रत्यक्ष नजिते पनि समानुपातिक सिट त प्राप्त भइहाल्छ। अनि संसद छिर्न र मन्त्री बन्ने ढोका खुलेन त? कति आदेशको पालना गर्ने, जीवनमा एकपटक आदेश दिने ठाउँमा किन नपुग्ने? पूर्व प्रहरीहरु संगठित भइदिए भने उनीहरुलाई एकाध ठाउँमा चुनाव जित्न र संसदमा जानबा कसैले रोक्नसक्नेछैन।

सवाल पूर्वप्रहरीले पार्टी खोलेको विषय होइन, कानुनले सुविधा दिएपछि पार्टी खोल्न पाइन्छ। सवाल सवैको ध्यान नै पार्टी खोल्ने र लाभ लिनेतिर लाग्ने हो भने भ्रष्टाचार, अनाचार, दूराचार, कूशासन रोकिने कसरी? कसले रोक्ने? राजनीति बदनाम हुँदैछ।