Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आज प्रतिनिधिसभा निर्वाचनकाे दल दर्ताको समय सकिँदै

१५ आइतबार , मंसिर २०८२२ दिन अगाडि

आज प्रतिनिधिसभा निर्वाचनकाे दल दर्ताको समय सकिँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकाे दल दर्ताको समय आज सकिँदैछ । यसअघि मंसिर १० गतेसम्म दल दर्ताका लागि ताेकिएकाे समय दल दर्ताको चाप बढेकाले मंसिर १४ गतेसम्म थप गरिएकाे थियाे ।

उक्त थप गरिएकाे दल दर्ताको समय आज सकिँदैछ । अहिलेसम्म निर्वाचन आयोगमा १ सय ३७ दल दर्ता भएका छन भने नयाँ दल दर्ताको समय निवेदन प्राप्त भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिएका छन् ।

आयोगले नयाँ दल दर्ताका लागि कात्तिक महिनाभरको समय दिएको थियो भने फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म १ सय ६ वटा दल दर्ता भएका थिए ।  बाँकी दलले त्यसयता दर्ता गरेका छन् ।

त्यस्तै निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल मात्र दर्ता भएकाे बताएकाे छ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि समय दिइएको थियो भने आगामी राष्ट्रियसभा निर्वाचनमा १८ सदस्यका लागि मतदान हुने बताइएकाे छ ।