Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कल्याण श्रेष्ठ सरकार ढाल्दै

११ बुधबार , मंसिर २०८२८ महिना अगाडि

कल्याण श्रेष्ठ सरकार ढाल्दै

पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री, अर्का पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ राष्ट्रपति बन्ने योजना असफल भएपछि सुशीला कार्कीको सरकार ढालेर कल्याण श्रेष्ठ प्रधानमन्त्री बनाउने नयाँ सत्ता समीकरणको भूमिगत खेल सुरु भएको छ । राजनीतिक बृत्तका अनुसार यो खेल सफल पार्न बिचौलिया दीपक भट्ट ज्यान फालेर सकृय रहेका छन् । कल्याण श्रेष्ठ पनि यो संविधानको बिरोध गरिरहेका छन् ।
राजनीतिक र कूटनीतिक बृत्तमा समेत दीपक भट्टले गोप्य संवाद चर्कैरुपमा बढाएको चर्चा बाक्लैछ । उनले विभिन्न शक्तिकेन्द्र र पार्टीहरुवीच गठजोड मिलाउने प्रकृया थालेका छन् । जेनजी आन्दोलनपछि भयभित भएर किनारा पुगेका नेताहरु र जेनजी पुस्ताका प्रभावशाली युवाहरुलाई समेत संवादमा ल्याउने काम यिनै भट्टले गरिरहेको कुरा सार्वजनिक रुपमा चुहिएका छन् । यसैवीच एमाले अध्यक्ष ओली र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठवीच भेटघाट पनि यिनै दीपक भट्टले सम्भव तुल्याएकाले पनि सरकार बदलिनसक्ने अनुमान गरिएको छ । कांग्रेस सभापति शेरबहादुरदेउवा र कल्याण श्रेष्ठवीच पनि यिनै भट्टले भेट गराएको बताइन्छ । यो मामिलामा माओवादीलाई पनि सहमत गराउन भट्टले संयोजक  प्रचण्डसँग भेट गरेको र नयाँ बनेको नेकपामा सहमति जुटाउने प्रयत्न थालेको चर्चा छ । यसैवीच कल्याण श्रेष्ठले भारतीय लवि र पश्चिमा लविसँग रणनीतिक छलफल गरिरहेका छन् । यसैका लागि सम्भवतः सुशीला कार्कीको राजीनामा माग्ने र विध्वंश सुशीला समूहले नै गराएको आरोपसहितको प्रचारवाजी भइरहेको छ ।