Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सहकारी पीडित आन्दोलित

०९ सोमबार , मंसिर २०८२९ महिना अगाडि

सहकारी पीडित आन्दोलित

दर्ता गर्ने, सञ्चालन अनुमति दिने, साधारणसभामा सहभागी हुने, नियमन गरेजस्तो गर्ने सहकारी विभागले आफ्नो बचत रकम फिर्ता नगराएपछि सहकारी पीडितहरू आफ्नो बचत फिर्ता चाहियो भनेर पुनः आन्दोलित भएका छन् । चारवर्षदेखि आन्दोलित सहकारी पीडित आफ्नो बचत फिर्ता नपाएर कोही मरे, कोही भोकभोकै छन्, कोही अभरमा परेका छन् । पटक पटक अनसन, प्रदर्शन गरेका पीडितले शुक्रवारदेखि रिले अनशन सुरू गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरूको बचत फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताउँछन् । दुईपल्ट सम्झौता भयो, माग पूरा भएनन् ।
मिटरव्याज पीडित, सहकारी पीडितm लघुवित्त पीडित, द्वन्द्वपीडित सबै सडकमा छन् । देश अराजक र अस्थिर छ, पीडितहरू अन्याय सहने बाध्यतामा छन् ।