Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रचण्डले उन्मुक्ति पाउदैनन्

१७ सोमबार , श्रावण २०७३९ बर्ष अगाडि

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरि प्रचण्डलाई खबरदार गर्दै कांग्रेससँग मिसिदैमा द्वन्द्वकालीन मुद्दामा उन्मुक्ति पाउन सक्दैनन् भनेका छन्। जीवनमा पहिलोपटक मन्त्री बनेका चित्रबहादुर केसीले गरिवी निवारण मन्त्रालय त सम्हाले तर ९ महिनामा केही पनि गर्न सकेनन्।माओवादी सरकारमा सामेल थियो, लिनुसम्म फाइदा लियो। 

द्वन्द्वकालीन मुद्दा किनारा लगाउने सर्त तेर्स्यायो, यो सर्त सरकारले पूरा गर्नै सक्दैनथ्यो, त्यसपछि सरकारबाट बहिर्गमन गर्‍यो। सबैभन्दा ठूलो कुरा यो सरकारले २०५२ देखि २०६२ सम्मका द्धन्दकालका उनीहरुको जो मुद्दा हुन् त्यो मुद्दाबाट उनीहरुलाई उम्काइदिनुपर्छ भन्ने माग हो। नौ बुँदे सहमति गर्दा २ वटा दलका बीचमा त्यो कुरा सहमति भएको थियो। त्यसमै पनि हाम्रो पार्टीको विमती थियो। जनयुद्धकालका पिडितहरुलाई इन्द्रका बाउ चन्द्र आएपनि, माफी मिनाह दिन सक्दैन। प्रचण्डकै नेतृत्वको सरकारले पनि त्यो ह्याउ देखाएर हेरोस्। यतातिर नभएको झन् उता नेपाली कांग्रेससँग मिसिएर यो समस्याबाट पार पाउने देख्दिन।

जनयुद्धकालमा उन्मुक्ति नदिएको भनेर उनीहरुमा अहिलेको छट्पटी हो। त्यो अवधीमा थुप्रै निर्दोष मान्छेको हत्या, वलत्कार र अपहरण भएको छ। मानवताविरोधी अपराध भएका अपराधीहरुलाई छुट्टी दिनुपर्छ, मिनाह दिनुपर्छ भन्ने उनीहरुको जुन जिद्दी छ, उनीहरुलाई त्यसैले पोलेको छ। बाबुराम प्रधानमन्त्री भएको बेलामा'हामी सरकारमा नगएको भए प्रतिक्रियावादीहरुले हेग पठाउथे' भनेर प्रश्टै भनेका थिए। त्यही छटपटी उनीहरुको मुख्य समस्या हो। तर त्यो छटपटी कांग्रेसको पछि लागेर वा छिमेकीको पछि लागेर उम्कन गाह्रो छ। यो कज्ञुरा प्रचण्डले राम्रैसँग बुझेका छन्। ओलीका अनेक कमीकमजोरी छन्। महाकाली सन्धीदेखि आन्दोलनका सन्दर्भमा पनि म उहाँलाई राम्ररी जान्दछु। तर यसपाली भारतीय विस्तारवादको एकाधिकारलाई तोडेर चिनसित व्यापारिक सम्झौता, पारवहन सम्झौता गरेर देखाउने काम गर्नुभयो, त्यो इतिहासमा अत्यन्त महत्वपूर्ण कुरा छ। ति कामहरु उल्ट्याउनका लागि त्यो षड्यन्त्रमा प्रचण्ड समेत सामेल भए। अव प्रचण्ड गोटी बन्न सक्छन्।