Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मतदाता नामावलीमा नाम दर्ता कार्य तीव्र

२७ बुधबार , कार्तिक २०८२९ महिना अगाडि

मतदाता नामावलीमा नाम दर्ता कार्य तीव्र

निर्वाचन आयोगले आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यलाई तीव्रता दिएको छ । नामावलीमा नाम दर्ता गर्ने समय कातिक ३० गते नजिकिएसँगै आयोगले नाम दर्ता गर्ने कार्यलाई तीव्रता दिएको हाे ।

आयोगले दैनिक ८ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा दुई चरणमा ६/६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था समेत मिलाएको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाउँदै आयोगले फागुन २० गतेसम्म १८ वर्ष नपुग्ने तर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई निर्वाचन सम्पन्न भएपछि नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दैनिक ८ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा दुई चरणमा ६/६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था मिलाइए बताउँदे उक्त प्रयोजनका लागि काठमाडौँं उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको बताइएकाे छ ।

आयोगले उपत्यका बाहेकका अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले नै आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरेको जनाइएको छ ।