Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

२२ शुक्रबार , कार्तिक २०८२९ महिना अगाडि

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय ९ दिन मात्रै बाँकी रहेको भन्दै नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।  

यसअघि निर्वाचन आयोगले कातिक ३० गते भित्र नाम दर्ता गर्न समय तोकेको उक्त म्याद सकिन अब ९ दिन मात्र बाँकी रहेको छ । उनले सामाजिक संजाल एक्स अकान्टमा लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी ।’

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म १६ वर्ष पुगेका व्यक्तिहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।