Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

माओवादी, एकीकृत समाजवादी लगायत ९ दल एकता हुँदै

२० बुधबार , कार्तिक २०८२१३ घण्टा अगाडि

माओवादी, एकीकृत समाजवादी लगायत ९ दल एकता हुँदै

आज माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत विभिन्न ९ दलबीच एकता हुने भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीकाे आन्तरिक विवादकाबीच विभिन्न ९ दल र समूहबीच आज एकता हुने भएको हाे ।

माओवादी केन्द्रकाे अगुवाइमा दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रिय तहबाट हिँजाे अनुमोदन गरेसँगै एकता हुन लागेकाे हाे । आज माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी तथा पूर्व माओवादी नेता गोपाल किराँती समूहबीच एकता हुने भएको हो ।

सबै घटकको सहभागितामा राष्ट्रिय सम्मेलनबाट एकता घोषणा हुने माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् । उनले आज बिहान ११ बजे घोषणा हुने बताउँदै एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरेका छन् ।