Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नयाँ मतपेटिका खरिद गर्न नपर्ने

१९ मंगलबार , कार्तिक २०८२एक दिन अगाडि

नयाँ मतपेटिका खरिद गर्न नपर्ने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने भएकाे बताउँदै नयाँ मतपेटिका खरिद गर्न नपर्ने बताएकाे हाे ।

यसअघि प्रयोग भएकै मतपेटिका शतप्रतिशत नै रहेकाले खरिद गर्न नपर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् । उनका अनुसार अन्य आवश्यक सामग्री खरिदसहितको निर्वाचन बजेट तयार भएको र तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको बताइएकाे छ ।

निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ मा हुन लागेको चुनावमा साढे ७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेकाे छ ।

निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गरेकाे र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यकक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी रहेकाे बताइएकाे छ ।

यसअघि रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्ने तयारी गरेकाे हाे