Advertisement Banner
Advertisement Banner

१८ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

१७ आइतबार , कार्तिक २०८२एक दिन अगाडि

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

आज अन्तरिम सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन् । छलफलका लागि दिउँसाे ४ बजे सातै प्रदेशका मुख्यमन्त्रीलाइ बालुवाटारमा बाेलइएकाे हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसाे ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको जनाइएको छ । बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अहिलेकाे अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद लगायतका विषयमा छलफल गरि सहकार्य गर्न बैठक आह्वान गरेकाे बताइएकाे छ ।