Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

चुनावी सहयोग छिमेकीबाट आउदै

१४ बिहिबार , कार्तिक २०८२एक दिन अगाडि

चुनावी सहयोग छिमेकीबाट आउदै

राष्ट्रका सम्पदा र सम्पत्ति खरानी भए, फागुन २१ को चुनावमा चाहिने सवारी साधन, चुनावमा प्रयोग हुने सामग्रीहरूसमेत दुबै छिमेकी चीन र भारतले दिने भएका छन् । नेपालले माँगेको होइन, उनीहरूले नै दिन तत्परता देखाएका हुन् । दक्षिण दूतावासले ४ सय सवारी साधन र अन्य सामग्री दिने पेशकश गरेकोमा नेपालले उत्तरबाट पनि आधा आधा मिलाएर लिने योजना बनाएको छ ।
गत भदौ ३१ गते प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञहरूलाई निम्त्याएर फागुन २१ को चुनावको कुरा बिफ्रिङ गर्दा चुनावको प्राथमिकता बताएकी थिइन् । त्यतिबेलै दुवै देशका राजदूतले सहयोग गर्ने बचन दिएका थिए । सहयोग त जापान, अमेरिका, कोरिया, अष्टे«लिया लगायतका अन्य देशका राजदूतले पनि गर्ने संकेत गरेका छन् । तर सरकारले के माँग्ने, कति माँग्ने प्रष्ट नपार्दा अन्य दूतावासहरू बुझ्दै रेहेको अवस्था छ । छिमेकीले दिने सवारी साधन लगायतका सहयोग अनुदानमा आउने भएका छन् । नेपालका धेरैजसो सरकारी कार्यालय खरानी भएकाले त्यसको पुनर्निर्माणका लागि पनि विदेशीहरूले सहयोग दिन चाहेको सन्देश जेनजी सरकारलाई गराइसकेको बुझिएको छ । यो सरकारले समदूरी र असंलग्नताको नीतिमा चलेको देखाउन खोजेको छ ।