Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आगो एआईले लगाएको हो त ?

१४ बिहिबार , कार्तिक २०८२एक दिन अगाडि

आगो एआईले लगाएको हो त ?

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो घरमा भेटिएका जलेका नोट, डलर र अन्य मुद्राहरू एआईको करामत भएको बताए, पार्टी सभापतिबाट हट्ने जनाउ दिए । त्यसो भए आगो लगाउने पनि एआई नै हो त ?
प्रचण्ड, ओली निवासमा पनि आगलागी गरियो, सम्पत्ति, सम्पदा खरानी बनाइयो । सम्पत्ति शुद्धीकरणले देउवा, प्रचण्ड, ओली र मन्त्री दीपक खड्का निवासबाट दशी प्रमाणहरू संकलन गरेको छ । जलेका नोटबारेको अनुसन्धान कहाँ पुग्यो ? यसबारेमा अनेक प्रश्न उठेका छन् । ठूलो मात्रामा ठूला दरका नोट खरानी भएकाले हजार र ५ सय दरका नोट खारेज गर्नुपर्ने आवाज उठेको छ । यो आवाजले नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालकहरू दिनदिनै छलफल गरिरहेका छन् । पूर्वन्यायाधीश बलराम केसीका अनुसार ठूला नेताहरूको घरको भग्नावशेष सुरूङ, सम्पत्तिहरू आफैँमा अकुत सम्पतिको प्रमाण हो । त्यो आफैँ बोलिरहेको छ । नेताहरू र तिनका नातापाताको सम्पत्ति छानबिन भइरहेको छ, त्यसमा पनि जालझेल हुँदैछ भन्ने सूचनाहरू बाहिरिएका छन् । अख्तियार किन निस्कृय छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि देखाउनुपर्ने जति सकृयता देखाएको छैन । यसको अर्थ जेनजीलाई असफल पार्न कर्मचारीतन्त्र, संवैधानिक निकायहरू नै लागि परेका त होइनन् । एआईलाई दोष दिएर उम्किन खोजेको त होइन ?