Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

प्रधानमन्त्री कार्कीद्वारा त्रिपक्षीय बैठकको आव्हान

१३ बुधबार , कार्तिक २०८२३ दिन अगाडि

प्रधानमन्त्री कार्कीद्वारा त्रिपक्षीय बैठकको आव्हान

अन्तरिम सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीले सरकार, प्रमुख राजनीतिक दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सम्मिलि त्रिपक्षीय बैठकको आव्हान गरेकि छन् । आज दिउँसाे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बैठककाे आव्हान गरेकि हुन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने ध्येयका साथ प्रधानमन्त्री कार्कीले सरकार, प्रमुख राजनीतिक दल र जेनजी प्रतिनिधिहरू सम्मिलित महत्त्वपूर्ण त्रिपक्षीय बैठकको आयोजना गर्न लागिएकाे हाे । आजकाे बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकी कार्कीले यसअघि पनि दलका प्रतिनिधिहरूसँग छलफल गरिसकेकी छन् । तर आजकाे बैठकमा जेनजीका प्रतिनिधिहरू सहित पहिलो पटक एकै मञ्चमा राखेर छलफल गर्न लागेकी हुन् ।