Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सिंगापुरमा देउवा दम्पती ह्विलचेयरमा देखिए

१२ मंगलबार , कार्तिक २०८२३ दिन अगाडि

सिंगापुरमा देउवा दम्पती ह्विलचेयरमा देखिए

गएराति स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर विमानस्थलबाट बाहिरिने क्रममा ह्विलचेयरमा देखिएका हुन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत उडेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नियमित स्वास्थ्य परीक्षण र उपचारको लागि देउवा दम्पती सिंगापुर प्रस्थान गरेकाे बताइएकाे छ ।  

विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएकाले उनीहरूको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियाे । उक्त घटनापछि देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सार्वजनिक भएका थिए ।

यसअघि पनि देउवा स्वास्थ्य समस्याका कारण उपचारका लागि विदेश जाने गरेकाेमा यसपटकको सिंगापुर भ्रमणलाई उनीहरूको स्वास्थ्य समस्यासँग जोडेर हेरिएको छ । यता नेपाली काँग्रेसकाे पार्टीकाे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएकाे छ ।