Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कात्तिक २० गते नेकपा विप्लवकाे प्रदर्शन

११ सोमबार , कार्तिक २०८२४ दिन अगाडि

कात्तिक २० गते नेकपा विप्लवकाे प्रदर्शन

कात्तिक २० गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँमा प्रदर्शन गर्ने बताएका छन् । विप्लवले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त जानकारी गराएका हुन् ।

विप्लवले कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने उल्लेख गर्दै आह्वान गरेका हुन् । विप्लवले लेखेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर,दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २०गते काठमाडौँमा भेटौँ साथीहरू ।’

उक्त दिनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका कार्यकर्ताहरूद्वारा र्‍याली निकालिने र त्यसपछि सभा आयोजना हुने बताइएकाे छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् भने पन्ध्र हजार जनाकाे सहभागिता हुने नेता सन्तोष बुढामगर जनाएका छन् । उनले प्रदर्शन र सभास्थलकाे बारेमा निश्चित भई नसकेको बताएका छन् ।