Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

उत्तरकोरियाली राजदूतको बााैद्धिक ब्रिफिङ

१० सोमबार , श्रावण २०७३९ बर्ष अगाडि

साउन ७ गते। उत्तरकोरियाका महामहिम राजदूतले आफ्ना निकट सहयोगीहरुलाई निम्त्याएर उत्तरकोरियाको निर्णय र कोरियाली प्रायद्विपको स्थितिबारेमा प्रकाश पारेका छन्। उत्तर कोरिायाली राजदूतले यसरी वि्रफिङ गरेका थिए– साम्राज्यवादी शक्तिकै कारण एक कोरिया दुई भागमा बिभाजित भएको हो। बिभाजित भएपछिका झण्डै ७ दशकमा दुई कोरियावीच पटक पटक वार्ता भए पनि तनाव कम हुन सकेन। किनभने साम्राज्यवादी शक्तिको दक्षिण कोरियामा भएको उपस्थितिले सदैव दुई कोरियावीच मैत्रीभाव विकास नै बाधा हालिरह्यो। केही समयदेखि त दुई कोरिया र अमेरिका–कोरियावीच युद्धकै वातावरण विकास भइरहेको छ।यतिखेर अमेरिकाले युद्धपोत, बम, ५२ फाइटर प्लेनहरु दक्षिण कोरियामा थुपारिरहेको छ। सैनिक अभ्यास गरिरहेको छ। यो भनेको युद्धको तयारी र तनाव उत्पन्न गर्नु नै हो।

यस्तो तनावको स्थिति बढ्दै गएकाले उत्तर कोरियाले उर्जा र आत्मरक्षाका लागि सुरु गरेको आणविक भट्टी बन्द गर्न सकिन्न। उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल, अन्य मिसाइल, क्षेप्यास्त्रहरुको निरन्तर सफलतापूर्वक प्रक्षेपण गर्दै आएको छ। त्यो भनेको युद्ध भइहाले अघि बढ्ने युद्धकै तैयारी हो।

अमेरिकाले गर्नै नहुने काम गरेको छ। हाम्रा महान नेता किम जोङ उनलाई कालोसूचीमा राख्ने काम गरेको छ। राष्ट्रसंघमार्फत नाकावन्दी गरिएको छ। हाम्रा बैंक खाताहरु सिल गरिएका छन्। र, उत्तर कोरियाविरुद्ध प्रत्येक दिन नानाथरिका अतिशयोक्ति कूप्रचारहरु पनि भइरहेका छन्। ती सबै हामीलाई थाहा छ र हामी सबै प्रकारका शत्रुतापूर्ण व्यवहारको मुकाविला गर्न तैयार छौं। अमेरिका आफूलाई सर्वशक्तिसम्पन्न ठान्छ। उसका अगाडि सबैले टाउको झुकाउँछन्, उसका कृत्यहरुमा समर्थन गर्छन्। तर विश्वमा न्यायप्रेमी जनता पनि छन्। ती न्यायप्रेमीहरुले उत्तर कोरियाको समर्थन गरिरहेका छन्। हामी एकतावद्ध छौं, उत्तर कोरियाली जनता कुनै पनि शत्रु व्यवहारको जवाफ दिन सदैव तैयार भएर बसेका छन्। त्यसकारण उत्तरकोरिया कुनै पनि साम्राज्यवादीका सामु टाउका कहिल्यै झुकाउने छैन। \u000aहामी उत्तरकोरियाको आत्मसम्मानपूर्ण बाँच्न पाउने अधिकारको पक्षमा उभिएका नेपाली शुभचिन्तक व्यक्ति, संस्थाहरुको ऐक्यवद्धता चाहिरहेका छों। मलाई लाग्छ, नेपाली शुभचिन्तकहरु जो स्वाभिमानी छन्, उनीहरुले उत्तरकोरियाको समर्थन गर्नेछन्।

उत्तर कोरिया यतिखेर नाकावन्दी र बैंक खाता रोक्काबाट नडराई विकास र निर्माणमा लागेको छ। ठूला सडक, बस्ती निर्माणमा जुटेको छ। हामी यति दह्रो खुट्टा टेकेर उभिएका छौं कि हामीलाई साम्राज्यवादीको कुनै पनि नकारात्मक कदमले हल्लाउन सक्दैन। हामीलाई अझ एकतावद्ध भएर देश निर्माण र नागरिक संचेतना जगाउन मद्दत पुगेको छ। उत्तरकोरियामा मानवाधिकार छैन भन्नेहरुले गरेको नाकावन्दी र वैंक खाता रोक्का आफैमा मानवाधिकारविरोधी कर्म हुन्। कसैले भन्नसक्छ, देखाउन सक्छ– उत्तरकोरियामा कस्तो मानवाधिकार विरोधी काम भइरहेको छ? हामी भन्छौं– मानवाधिकारको रक्षा, सुरक्षा त उत्तर कोरियामा देख्न सकिन्छ। साम्राज्यवादीको कूप्रचार भ्रम छर्ने खेती मात्र हो। हाम्रो स्वाधीन भएर, आत्मरक्षा गरेर बाँच्ने प्रयत्नमा तगारो तेर्स्याएर हामीलाई पनि झुक्न लगाउने साजिसमात्र हो। अमेरिका र दक्षिण कोरियाले बुझ्नुपर्छ– युद्ध भयो भने पनि उत्तर कोरिया तैयार छ। उत्तर कोरिया युद्धबाट भाग्दैन। आत्मरक्षा गरेर बाँच्न उत्तर कोरियालाई सिकाउनु पर्दैन। 

यसरी महामहिम राजदूतले गरेको वि्रफिङमा निम्तालु निम्तालुहरु थिए– मञ्जुरत्न शाक्य, फणिन्द्र पन्त, रामकृष्ण कर्माचार्य, प्रो.डा.गोपाल पोखरेल विवश, शंकर भारती, डीवी थापा, सुभाषकाजी श्रेष्ठ र राजन कार्की। 

\उपस्थित सबै व्यक्तित्वहरुको जिज्ञासा थियो– त्यसो भए कोरियी प्रायद्विपमा युद्धको विभिषिका फुट्नै लागेको हो त? यस सम्बन्धमा महामहिम राजदूतको भनाई थियो– युद्ध चाहनेले युद्ध चाह्यो भने पछि हट्न सकिन्न। अमेरिकाले जसरी दक्षिण कोरियामा युद्धपोतहरु, युद्ध सामग्रीहरुको भण्डारण बढाएको छ, यसबाट तर्साउन मात्र खोजेको भनेर मान्न सकिन्न। अमेरिका र दक्षिण कोरिया युद्धको तैयारीमा जुटिरहेको अनुमान लगाउन सकिन्छ। उत्तर पनि तैयार छ।