Advertisement Banner
Advertisement Banner

१० बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

३० बिहिबार , आश्विन २०८२२ महिना अगाडि

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

आज राजनीतिक दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने भएकाे छ । आयोगले बिहान ११ बजे दलहरूलाई बोलाएर छलफल गर्न लागेकाे हाे ।

आयोगले आगामी फागुन २१ गते हुन लागेकाे प्रतितिधि सभाकाे निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाइएको जनाएको छ । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलन पछि बनेकाे अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

उक्त निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको अवस्थामा आयोगले छलफलका लागि २९ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ । यता केही राजनीतिक दलले भने निर्वाचनको वातावरण बनिनसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।