Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवा सहभागी नहुने

२३ बिहिबार , आश्विन २०८२१० महिना अगाडि

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवा सहभागी नहुने

नेपाली कांग्रेसकाे आज बस्ने पार्टीको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे ललितपुरको कोपुण्डोलस्थित होटल हिमालयमा बस्ने भएकाे हाे ।

भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनपछि देउवा पार्टीका प्रत्यक्ष बैठकहरूमा सहभागी भएका छैनन् भने उनले केही नेताहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेको पार्टी स्रोतले जनाएको छ । भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन, देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

यता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएकाे छ । भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका-७, गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् । उक्त कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलसहित केन्द्रीय तथा स्थानीय तहका नेताहरूको उपस्थिति रहनेछ ।