Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

भविष्यको भद्रो आफै अन्यौलमा

२३ बिहिबार , आश्विन २०८२एक दिन अगाडि

भविष्यको भद्रो आफै अन्यौलमा

डा.जगमान गुरुङ तान्त्रिक पनि हुन् । भविष्यवक्ता पनि । लामो समयदेखि राजतन्त्र र हिन्दुराष्ट्रका लागि आन्दोलन गर्दै आएका थिए र कहिले चैतमा, कहिले असोजमा राजतन्त्र फर्कन्छ फर्कन्छ भनेर प्रधानमन्त्री बन्ने भद्रो हेर्दै आएका थिए । दुर्गा प्रसाई र राप्रपाले हाँकेको आन्दोलनमा राज्यदमन भएपछि आन्दोलनको नेतृत्व मै लिन्छु भनेर अग्रसर पनि भएका थिए । त्यसपछि न उनी आन्दोलनमा देखिए, न आन्दोलन नै उचाल्न सके । डा.गुरुङ आन्दोलनबाट हराएका 
छन् । कतै देखा परेका छैनन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सफल भएपछि अन्तरिम सरकार बनेको छ । भदौ ३० गते कालभैरवको सुनको गजूर खसेछ । यो घटनालाई नेपालमा महाअरिष्टको संकेत हो भनिदैछ । कालभैरव न्यायका देवता मानिन्छन् । यो घटनाले नेपालमा न्याय हराएको संकेत गरेको भनिदैछ ।