Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

त्रीमूर्तिदेखि भ्रष्टहरुको राजीनामा

२२ बुधबार , आश्विन २०८२२ दिन अगाडि

त्रीमूर्तिदेखि भ्रष्टहरुको राजीनामा

त्रीमूर्ति अर्थात केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले कांग्रेस, एमाले, माओवादी पार्टी बाट नेतृत्व पुस्तान्तरण गर्न माग भएको छ । सम्भाबना कम छ तर समय र राजनीतिक परिवर्तनको माग यही हो ।
र, यी तिनै जनाको भाग शान्ति जयनेपालको सिद्धान्तमा नियुक्ती पाएका जो संवैधानिक अंगमा, अधिकारी, पदाधिकारीहरू, आयोग, संस्थान, बोर्ड, प्राधिकरण, कुटनीतिक नियोगमा छन्, तिनले तत्कालै राजनीमा दिनु उचित हुनेछ । यही नै उनीहरूको हित, सुरक्षा र राष्ट्रको भलो हो । नैतिकता तत्काल देखाउन् ।
यसैवीच जेनजी सुदन गुरुङले प्रधानमन्त्री बसेको बैठकमै माग गरेका छन्–
– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राजीनामा दिउन् ।
– न्याय परिषद् पुनःसंरचना गरिहाल्नुपर्छ ।
– अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलाई हटाइयोस् ।
– रिक्त न्यायाधीश, प्रधानन्यायाधीशमा नयाँ नियुक्ति गरियोस् ।
– आन्दोलनमा विध्वंश र तोडफोडमा संलग्नलाई कारबाही नगरियोस् ।
– सात दिनभित्र आन्दोलनरत पक्ष र राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने ।
– क्याबिनेट र सचिवालयमा जेनजी प्रतिनिधि अनिवार्य सहभागी गराइयोस् ।
– जेनजी आन्दोलनलाई ‘जनआन्दोलन ०८२’ नामकरण गरियोस् ।
– केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गरियोस् ।
स्मरणीय छ, मन्त्रिपरिषदमा भारतीय प्रतिनिधि बस्ने गर्थे, राजा महेन्द्रले हटाएका हुन् । अब मन्त्रिपरिषदमा जेनजी प्रतिनिधि बस्ने माग भएको छ ।