
सिक्किमका लेण्डुप दोर्जीले १९७५ मा देशलाई भारतको हिल्ला लगाइदिए । उनको जीवनको उत्तराद्र्ध आमनागरिकको घृणामा बित्यो, घृणा सहन नसकेर उनले मृत्यु बरण गर्नुप¥यो । हो, उनी जीवनको उत्तराद्र्धमा खूब पछुताएका थिए, गल्ती गरें भनेर पश्चाताप गरेको थिए । हतारमा, स्वार्थन्ध बनेर गल्ती गर्नेहरू यसैगरी फुर्सदमा पछुताउने गर्छन् । यस्ता व्यक्तिहरू इतिहासका पानामा कलङ्क बनेर सर्वकालिक रूपमा घृणाका पात्र बन्छन् । नेपाल यस्तै दोबाटोमा पुगेको छ ।
मिर्जाफरको इतिहास पनि यस्तै हो । भारतमा अङ्ग्रेजको शासनकाल । अङ्ग्रेज राज्यबिस्तार गर्दै थियो । अङ्ग्रेजले बंगाली सेनामा लोभीपापी खोज्ने क्रममा नबाबका सेनापति मीरजाफर व्यक्तिगत लाभ हुन्छ भने देशै बेच्न तैयार रहने व्यक्तिका रूपमा भेट्टायो र उसलाई हतियारका रूपमा प्रयोग गर्न थाल्यो । मीरजाफर अंग्रेजले दिएको र देखाएको शक्ति र सम्पत्तिमा यसरी लोभियो कि उसले सेनापतिको निर्णय हैसियतसमेत अंग्रेजका सेनापति रोबर्ट क्लाइबललाई दिन पुगे ।
यिनै मिरजाफरलाई अंग्रेजहरू आज पनि हड्डी दिएपछि चुसेर बस्ने कुकुर प्रवृत्ति ठान्छन् । किनभने अंग्रेजले नवाव बनाइदिन्छु भनेको भरमा मीरजाफरले आफ्नो मुलुक, आफ्ना नबाबलाई धोका दिएर अंग्रेजको सेवा गरेको थियो । हो, उनले पर्याप्त धन सम्पत्ति पाए तर देशप्रतिको गद्धारीले गर्दा आज पनि मीरजाफर भन्ने व्यक्तिको नाम कलंकित पात्रको रूपमा लिइन्छ । कुनै नेतालाई देशघातक होस् भन्न प¥यो भने मीरजाफरजस्तो भनेर घृणा गर्ने चलन चलिरहेकै छ । मीरजाफर सरापजस्तो उपमा हो । नेपालका कतिपय शासक प्रशासक, नेताहरूलाई पनि यतिबेला मिरजाफरको उपमा दिन थालिएको छ ।
त्यतिबेला मीरजाफरको देशघातका कारणलेअंग्रेज शासन बलियो भएको थियो । यतिबेला हाम्रा कतिपय नेतृत्वको कारण नेपाल कमजोर बन्दैछ ।
नेपालमा किन मीरजाफरको चर्चा चलिरहेको छ भने एमसीसी पास गरियो, किन गरियो, कति लाभ हुनछ कुनै शासक प्रशासकले जनतालाई सुसूचित गरेका छैनन् । पटक पटक चीन भ्रमण गरेर फर्केका प्रम प्रचण्ड, प्रम ओलीले बीआरआई कार्यान्वयनमा लैजाने निर्णय गरेर आएका थिए । २०१७ मा नेपाल सहभागी भएको बीआरआई अन्तर्गत कुन कुन योजना लागू हुँदैछ, सरकारले भनेको छैन । दक्षिणा भारत त सदैव नेपालमाथि हस्तक्षेप र अतिक्रमणकारी बनेरै रहेको छ । यी कुनै पनि घटनाक्रममा नेपालको संसद र सरकारले स्पष्ट नीति बनाएकै छैनन् ।
जेनजी आन्दोलनपछि नेपालको राजनीति गाँजेमाजे बन्न पुगेको छ । अबका दिनमा चीन भारतको मात्र होइन, अन्य विश्वशक्तिको भूमिका के हुने, नेपालले कसरी अराजकताबाट पार पाउने भन्ने पनि अनिश्चित बन्न पुगेको छ ।
देशको स्वाधीनता र सार्वभौमिकताको विषयलाई पन्छाएर हरेक पार्टी मिसन ०८४ को कुरा गर्दागर्दै आगामी फागुन २१ मा चुनाव हुने घोषणा भएको छ । चुनाव होला कि नहोला ? भन्न सकिन्न । राजनीति द्वन्द्वमा गइसकेको छ । फेरि सम्हाल्न सेना नै अग्रसर हुनुपर्ने स्थिति पनि टड्कारो देखिदैछ ।
अहिलेसम्मका गल्तीको जिम्मेवार को हो ? गत चैत १५, यो भदौ २३, २४ को जिम्मेवार को को हुन् । स्पष्ट छैन । ठूलो धनजनको क्षति भइसकेको छ । विकास भन्दा भन्दै अराजकताको मुखमा पुगेका छौं । नेपाल हाइटी, सोमालिया बन्ने त होइन, लुटपाट र हिंसाले रक्तपात मच्चिने त होइन भन्ने आशंका छ ।
देशभित्र बहादुर शाह जस्ता जेनजी निस्किए तर बहादुर शाह नै बन्न कोही तैयार देखिएनन् । मीरजाफरको बिगबिगी छ, देश संकटमा फसिसक्यो ।