
प्रजातन्त्रबिना राजतन्त्र रहदैन, राजा नभए देश पनि बाँच्दैन । राजतन्त्रलाई फ्याँक्ने उद्योग हामीले गर्नुहुँदेन । – वीपी कोइराला
खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले ओखतीमूलो पाउन्, केटाकेटीलेपढ्न पाउन् भनेर नै हामी रानजीतिमा लागेका हौं । मन्त्री हौँला, ठूला ठुला कुर्सीमा बसौंला भनेर संघर्ष गरेको होइनौं । – वीपी कोइराला
आज नेपाली कांग्रेस कहाँ छ, हालत कस्तो छ ? जेनजी पुस्ताको आन्दोलनले कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री रहेकी उनकी पत्नी डा.आरजु देउवालाई रगतपच्छे हुनेगरी कुटिए । प्रजातन्त्रको बिडा उठाएको नेताको रगतमात्र बगेन, घर खरानी भयो, घरमा अरवौं नोटका गड्डी पनि जलाइयो । भनिन्छ, लुटपाट पनि भयो । एकजना पनि कांग्रेस देउवालाई बचाउन अग्रसर भएन । हरेक कांग्रेस लुकेर बसे । अचम्म त यति भयो कि बहुदलपछिका लोकतन्त्रवादी कुनै नेताले मुख देखाएनन् । आज संविधान चाहिन्छ, संसद चाहिन्छ भनेर वक्तव्यवाजी गर्नेहरु अहिले पनि समाजमा उभिन सक्दैनन् । किन ?
किनकि बहुदलदेखि गणतन्त्रसम्मका नेताहरुले चलाएको नातावाद नै हो । भ्रष्टाचार र कमिशनको राजनीति नै हो । ०४६ सालतिर चप्पलेहरु यतिबेला अर्वपति खर्बपति छन् । राजनीति गर्नेहरुले समाज परिवर्तन गरेनन्, आफूपरिवर्तन भए, स्वार्थको थाङ्नो बनेर शासनव्यवस्था चलाए । त्यसैको आक्रोशमा नेताहरु, भ्रष्टहरु परे, जेनजी पुस्ता जाग्दा वीपीका उत्तराधिकारी रगतपच्छे भए । शेरबहादुर देउवा वीपीको उत्तराधिकारी, अनुयायी हुँ भन्थे । वीपीलाई ढाँट्दा, आज नेपाली प्रजातन्त्रवादीहरु कसरी खरानी खरानी हुनपुगे ?