Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

नेपोटिजमविरुद्ध जेनजीको शंखघोष

१४ मंगलबार , आश्विन २०८२१० दिन अगाडि

नेपोटिजमविरुद्ध जेनजीको शंखघोष

भदौ २३ र २४ गतेको जेनजी पुस्ताले गरेको आन्दोलनमा दुई ठूला पार्टीको सरकारले हिटलरी शैलीले दमन गर्दा नवयुवाले लोकतान्त्रिक गणतन्त्रको बहुदलपछिको ३७ वर्षे र ०६३ को परिवर्तनपछिको १८ वर्षे साम्राज्यलाई परास्त गरिदिए । नवयुवाले जिते । जेनजी पुस्ताको आन्दोलन बिद्रोहमा रुपान्तरण भएपछि पुराना र ठूला भनिएका पार्टी र पार्टी नेताहरुका लागि ज्यान जोगाएर भाग्नुपर्ने, लुकेर बस्नुपर्ने अवस्थामा पु¥याइदिए । नवयुवा उठेपछि परिवर्तन हुनेरहेछ भन्ने श्रीलंका, बंगलादेशपछि नेपालमा मात्र होइन, विश्वमै आश्चर्यजनक घटना हुनपुग्यो ।
भदौ २३ गते कांग्रेस, एमालेको सत्ताले जसरी पनि नवयुवाको आन्दोलनलाई रोक्नु भन्ने आदेश दिएपछि स्कूले बालबालिका सहितको जेनजी पुस्तामाथि गोली ठोकियो । २३ गते एकै दिन १९ नवयुवाले ज्यान गुमाए ।
त्यसपछि पनि सत्तामा मदहोस भएका ड्य्राकुल्ला, हिटलररुपका शासकहरुमा संवेदना भन्ने देखिएन । २४ गते देशैभरि जुलुस निस्कियो । जेनजी पुस्तालाई आमनागरिकले साथ दिए । शासकहरुको मात्र होइन, संसद भवन र कतिपय सांसद, नेता जो बदनाम थिए, तिनका घरमा आगो लगाइयो । लोकतान्त्रिक गणतन्त्र नामको नाताबाद, फरियावाद, भ्रष्टाचारवाद, अपराधवाद सबै ढल्न थालेको थियो । हो, आगजनीमा जेनजी पुस्ताको हात थिएन तर यति ठूलो घूसपैठ भयो कि देशका इतिहास, पुरातात्वीक, सांस्कृतिक धरोहरहरु खरानी हुनपुग्यो । देशभरि कि आगाको ज्वाला देखियो, कि त धुवाँको मुस्लो । देशैभरि सुशासनको माग घन्किरह्यो । भ्रष्टाचारको बिरोध भइरह्यो ।
ठूला नेताका घर खरानी भयो ।
शेरबहादुर देउवा, प्रचण्डलगायतका निवासमा नोटक बण्डल, डलरका मुठा भेटिए । जल्न बाँकी नोटहरु धेरैले लुटेका छन् । जेनजीको आन्दोलनमा बिद्रोहमा रुपान्तरण भएपछि सत्तासँग रिसाएका, नेपालमा चलखेल गर्ने विदेशीहरुको घूसपैठले डरलाग्दो लूटपाट भयो । भनिन्छ ४ खर्बभन्दा बढी नोट जले, जलेका नोटका टुक्राहरु भेटिएका छन् ।
त्यसपछि बनेको अन्तरिम सरकारले छानबिन आयो बनाएको छ । आयोगले छानबिन सुरु गरेको छ ।
जेनजी पुस्ताले राखेका माग पूरा हुन नसक्ने, जेनजी पुस्ताका माग हाइज्याक भयो भनेर यो पुस्ताले अन्तरिम संविधानको माग गरेको छ ।
पुराना दलहरुले संसदको अधिवेशन बोलाउने भनिरहेका छन् भने बिघटित संसदपछि बनेको अन्तरिम सरकारले संविधान संशोधन गर्नेतिर छलफल सुरु गरिसकेको छ । राजनीतिक द्वन्द्व बढेर जाँदा देशै नरहने हो कि भन्ने आशंकाहरु पनि उठेका छन् । भूराजनीतिको भूमरीमा नेपाल फसेको हो । तर नेपालीहरु राष्ट्रवादी छन्, संवेदनशील छन्, नेपाली एकताको विरुद्धमा चलखेल भए पनि पुराना नेता जो दासजस्ता लाग्छन्, तिनीहरु फेरि पराजीत हुने निश्चित छ ।