Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपालले यो मौका गुमाउने खतरा

०३ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

cjinpingको लागि तस्बिर परिणामpranab mukherjeeको लागि तस्बिर परिणामभारतका राष्ट्रपति प्रणव मुखर्जी भदौमै नेपाल आउने तैयारीमा थिए भने असोज तेस्रो हप्ता चीनका राष्ट्र सीजिनपिङ नेपाल आउने कार्यक्रमलाई मूर्तरुप दिन चिनियाँ सुरक्षाकर्मीले नेपालको सुरक्षा व्यवस्थाको आँकलन गरेर फर्किसकेका छन्। यस्तो गजबको साइत जुर्न जुर्न लागेको बेलामा माओवादीले सत्ता छाड्यो, नयाँ सरकार गठन गर्नका लागि अविश्वासको प्रस्ताव ल्यायो। प्रम केपी ओली त्यस्तो अवसरमा आफ्नो सत्ता गुमाउन चाहदैनथे, त्यहीकारण उनी अहिले दुबै मुलुकका राष्ट्रपतिको आगमन रोक्न र संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको छ।

ओलीले भद्र सहमति त गरेका हुन्, बजेटपछि सत्ता प्रचण्डको हातमा सुम्पिन्छु भनेका पनि हुन् तर ओली दुबै छिमेकी मुलुकका राष्ट्रपतिको स्वागत गर्ने, स्थानीय चुनाव गर्ने र आमनिर्वाचनको लागि मात्र सत्ता छाड्ने मनस्थिति बनाउनु ओलीका लागि, एमालेका लागि बुमेर्‍याङ हुनपुगेको छ। अव ओली बर्बराउन थालेका छन्– करारमा कर्मचारीजस्तो नियुक्त भएको प्रधानमन्त्री होइन म। १२ वर्षपछि बल्ल छिमेकी मुलुकका शीर्ष नेताको नेपाल भ्रमण हुँदैछ, त्यो पनि रद्द गर्ने षडयन्त्र भइरहेको छ। ओलीको सबैभन्दा ठूलो गल्ती मधेस आन्दोलनलाई दमन गर्नु हुनपुगेको छ। ओली अझै भन्दैछन्– मधेस आन्दोलन तुहिइसक्यो, तुहाइदिए। यथार्थमा मधेस समस्या राष्ट्रका लागि दीर्घरोग बन्ने पिलो भइसक्यो। नेपाली नेताहरु हतारमा निर्णय लिन्छन् र फुर्सदमा पछुताउने गर्छन्। ०६३ सालदेखि यही क्रम दोहोरिरहेको छ। अझै पनि नेताहरुमा चेत फिरेको देखिदैन।