Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

३१ मंगलबार , भाद्र २०८२३ दिन अगाडि

शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीकाे नेतृत्वमा गठित मन्त्रिपरिषद्ले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनकाे क्रममा भएका घटनाका बारेमा जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको हाे ।

सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित निर्णयहरू गरेको हो । जस अन्तरगत जेन जेड आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने, असोज १ गते राष्ट्रिय शोक दिवस मनाउन सार्वजनिक बिदा दिने,आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने, मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेकाे छ ।

त्यसैगरि बैठकले मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने,घाइतेहरूको नि: शुल्क उपचार गर्ने,शव लैजानका लागि नि: शुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने,शव लैजानका लागि नि: शुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने,आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने समेत निर्णय गरेकाे छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेन जेड जागरण स्मारक पार्क बनाउने, अघिल्लो मन्त्रिपरिषदमा पेस भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने पनि निर्णय गरेकाे छ । प्रधानमन्त्री कार्कीले आह्वान गरेकाे पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेकाे र उक्त बैठक तत्कालीन प्राथमिकतामा केन्द्रित रहेर नियमित प्रक्रियाका निर्णय गर्दै सकिएको थियो ।