
नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ लिने भएका छन् । हिँजाे आइतबार प्रधानमन्त्रीमा सुशीला कार्कीले तीन जना मन्त्री नियुक्त गरेकाे र उनिहरूले आज शपथ लिन लागेका हुन् ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागे बताइएको छ । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।
यता मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् ।