
नेपाली जेनजीपुस्ताको नयाँ सरकारप्रति विश्वकै चासो
भदौ २३, सेप्टेम्बर ८ को कालोदिन । ५ दर्जनभन्दा बढी नवयुवाहरुलाई राज्यले गोली ठोकेर मा¥यो । अझै मृतकहरुको संख्या बढ्ने क्रम जारी छ । यो नवयुराज अर्थात जेनजी क्रान्तिले ०४६ सालपछिका प्रजातन्त्र, गणतन्त्रवादीहरुलाई सत्ता, शक्ति, सम्पत्तिको अहंकारबाट पाखामा पाहा पछारेजस्तै पछा¥यो । अन्ततः २७ गते राति जेनजी पुस्ताको सिफारिसमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो, संसद बिघटन भयो, ६ महिनाभित्र अर्थात फागुन २१ गते चुनाव गराउने मिति तोकियो ।
सपथ ग्रहण गराउनासाथ राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिए, नेपाल बचाउनोस् भने । समारोहमा अमेरिका, चीन, कोरियालगायतका दर्जनौं राजदूतहरुको उपस्थिति थियो, सबैले बधाई दिए । जेनजी पुस्ताले गणतन्त्रलाई घुँडा टेकाएको बिद्रोह र बिद्रोहपछिको प्रधानमन्त्री देखेर चकित परे ।
सबैमा उत्सुकता छ– अब सुशासन आउला ? संघीयता खारेज होला ? भ्रष्टहरुमाथि न्यायिक छानबिन होला ? योग्यताको कदर होला ? युवापुस्ताले आफ्नै माटोमा गरिखान पाउलान् ? विद्रोहका क्रममा खरानी भएका राष्ट्रिय सम्पत्तिको पुननिर्माण के कसरी होला ?
यही क्रममा भारतले बिद्रोहबाट जन्मिएको सुशीला कार्कीको अन्तरिम सरकारलाई बधाई दिएको छ । बेलायत र राष्ट्र संघले पनि बधाई दिंदै शान्तिपूर्ण नेपालको कामना गरेका छन् । आजै मन्त्रीहरु नियुक्त हुनेछन् र त्यो मन्त्रिपरिषदले जनताको अपेक्षा, नवयुवापुस्ताले खोजेजस्तो शासन प्रशासन, भ्रष्ट घातक तत्वहरुमाथिको कारवाही, नेपाल र विश्वकै चासोको विषय बनेको छ ।
नेपालमा नयाँ अन्तरिम सरकार गठनप्रति भारतद्वारा स्वागत
नेपालमा नयाँ अन्तरिम सरकारले जिम्मेवारी सम्हाल्नासाथ भारतद्वारा स्वागत गरेको हो । भारतले भनेको छ– हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ । भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने छ ।
राष्ट्रसंघले भनेको छ– प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोस् । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना छ । नेपालका जनताप्रति र प्रधानमन्त्री कार्कीलाई बधाई । संयुक्त राष्ट्रसंघ शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको नेपाली जनताको आकांक्षासँगै उभिएको छ । सबैको प्रयासले यो संक्रमणबाट मुक्ति सम्भव भएको हो । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दछौं ।
बेलायतले भनेको छ– नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम हो । नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने छ ।