Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

सेना र जेनजीवीच निर्णायक वार्ता

२६ बिहिबार , भाद्र २०८२८ दिन अगाडि

सेना र जेनजीवीच निर्णायक वार्ता

२६ भदौ । जेनजीभित्र नै चर्काचर्की विवाद देखिएपछि २५ भदौमा निर्णय हुन सकेन । एक मत भएर र संयोजक तोकेर आउन सेनाले सुझाव दिएको छ । रास्वपा, राप्रपा, दुर्गा प्रसाई पनि स्टेक होल्डर हुन्, कुरा गरेर आउन पनि सुझाव पाएका जेनजीहरु र अन्डरग्राउण्ड भएका राष्ट्रपतिवीच निर्णायक वार्ता आजै हुनेछ । सहजकर्ता नेपाली सेना बनेको छ ।
जेनजी प्रतिनिधिहरु मेयर बालेन साह कि पूर्व न्यायाधीश सुशीला कार्की मध्ये एक नाममा एकमत भइसकेका छैनन् । मेयर वालेन साहले सुशीला कार्कीको नाममा सहमति जनाएका छन् । बालेन साहले पहिले संसद बिघटन गर भन्ने सर्त राखेका थिए, सो हुन सकेको छैन । तर नागरिक सरकार गठन गर्दा संविधान स्वतः निस्कृय हुनेछ र अन्तरिम संविधान निर्माण र नयाँ निर्वाचनतिर मुलुक जानेछ ।
१८ वर्षको जनयुद्ध र जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई २७ घण्टामा पछार्न सफल जेन जी अभियन्ताहरुले नयाँ सरकारका लागि, अर्को परिवर्तनका लागि एकमत हुन नसक्नु दुःखद हो । जति ढिला भयो, विदेशीले खेल्ने र नेपालको अस्तित्व, सार्वभौमिकतामा असर गर्नेछ । यो कुरा जेनजीहरुले किन बुझिरहेका छैनन् ?
सुशीला कार्की प्रधानमन्त्री बन्ने मार्ग बनेको छ । हुन त धरानका मेयर हर्क साम्पाङ पनि काठमाडौं आएका छन् । कुलमान घिसिङले पनि दावी गरेका छन् । जेनजी पुस्ता बालेन कि सुशीला भन्नेमा छन् । सरकार निर्माण गर्दा विभिन्न विज्ञ विशेषज्ञहरुलाई पनि समावेश गरिने बुझिएको छ ।
ताजा जनादेशका लागि अन्तरिम सरकार बन्ने हो । पद्धति के हुने ? संघीयता रहने कि नरहने ? हिन्दुराष्ट्र र राजतन्त्रले स्थान पाउने कि नपाउने ? अनेक मुद्दाहरु बहसमा छन् । १८ वर्ष शासन गरेका कांग्रेस, एमाले, माओवादीले पनि ३ दिनको मौनतापछि बहसमा आउन थालेका छन् । भागेका प्रम केपी ओलीले समेत लोकतन्त्रको मन्त्र जेनजी पुस्तालाई सुनाएका छन् ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको नेतृत्व लिन तैयार रहेको जनाउ दिएकी छिन् ।
यति बेला मुलुक सेनाको निगरानीमा छन् । सेना किन चाहिन्छ ? यस प्रश्नमा जेनजीको ऐतिहासिक बिद्रोहपछिको स्थितिले सेनाको महत्व झल्काइदिएको छ ।
आजै अन्तरिम सरकार बन्नसक्ने वातावरण बन्दै गएको छ ।