Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चित्तबुझ्ने नबुझ्ने कुरा होइन, देशको अस्तित्वको पश्न हो।

२६ बिहिबार , भाद्र २०८२एक बर्ष अगाडि

चित्तबुझ्ने नबुझ्ने कुरा होइन, देशको अस्तित्वको पश्न हो।

नेपाल यतिबेला जीवन मरनको मोडमा आइपुगेको छ। यसबेलाको सानो गल्तीले देशको स्वतन्त्र अस्तित्व समाप्त हुनसक्छ। यो १२ बुदेबाट  आएको ब्यबस्था र संबिधान असफल भैसकेको छ। अहिले जे जस्ता अकल्पनीय घटना घटे जेन जीले सुरु गरिदिएको मात्रै थियोे। त्यसमा को को कस्ता कस्ता तत्वहरु पसेर गर्नै नहुने गर्न नपर्ने बिनास लिला गराए भन्ने यथार्थ खुल्दै छ र खुल्दै जालारु बिश्वका शक्तिहरुले आँखा लगाउन थालेको  यस्तो बिकराल  र जीवन मरनको अबस्थामा पुगेको देशमा कुनै पहिचान नबाएका , अनुभव ,बिचार र व्यबहारबाट नखारिएका अथवा केहि किशोर किशोरीहरुले भाबुक्ताबस टाउकामा  चडाएका ब्याक्तीबाटनै पार लाग्न सक्छ। अथवा मौकाको फाइदा उठाएर गैरकानुनी जेल बाहिर आएकाहरु जस्ताबाट समाधान खोज्नु गंभीर गल्ती हुनेछ। आजको यो विषम परिस्थितिमा लामो इतिहास भएको, देशभक्तिमा टेस्ट भैसकेको, एउटा बलियो जनाधार पनि भएको र बिश्वका कुनै देशसंग उपयुक्त ब्यबाहार गर्न सक्ने एवं देश बिदेशमा सम्मान पाउन सक्ने अथवा ज्ञान, बुद्धि , अनुभव र ब्याक्तित्व  जस्ता हरेक दृस्ठिले यो अबस्थामा  उपयुक्त  हुनसक्ने  पूर्व राजा ज्ञानेन्द्र बीरबिक्रम शाह मात्र हो ।त्यसैले प्रधानसेनापती सहितका सम्बन्धितहरुले अबिलंव राजासंग भेटेर सरसल्लाह लिन पनि जरुरी छ। यो कसैलाई चित्तबुझ्ने नबुझ्ने कुरा होइन, देशको अस्तित्वको पश्न हो।