Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

नन्दरामको शव किन सद्गद गरिदैन?

२७ सोमबार , असार २०७३१० बर्ष अगाडि

 छोराको हत्यारालाई कारवाही गरिपाउँ भनेर अनसन बसेका नन्दराम अधिकारी २०७१ साल असोज ६ गते अनसन गर्दागर्दै बिते। उनको लाश अहिलेसम्म पनि टिचिङ अस्पतालको फ्रिजमा डल्लो पारेर राखिएको छ। यो कस्तो सरकार हो, एक नागरिक जसले न्याय माग्दा माग्दै ज्यान फाले, उनको लाशसम्म पनि सद्गत गर्न सकेन। गर्न चाहेन?

नन्दरामकी श्रीमती अहिले पनि अनसनमै छिन् र उनको माग पनि छोराको हत्यारालाई दण्ड होस् भन्ने नै हो। लोकतन्त्रमा न्याय मागेर ज्यान गुमाउनु पर्ने र अनसन बसिरहदा पनि कसैले सुनवाई नगर्ने भएपछि निरंकूशतन्त्र र यो लोकतन्त्रमा भिन्नता कति रह्यो होला?

 सरकारलाई धिक्कार छ, जसले नागरिकलाई न्याय दिन सकेन। नागरिक समाज र अधिकारकर्मी न्यायका लागि लडिरहेको बताउँछन्, न्याय हुन्छ पनि भन्छन् तर नन्दरामको लाश टिचिङ्को ४ नम्बर फ्रिजमा राखिएको ३ वर्ष भयो, अरु कति वर्ष त्यही फ्रिजमा बरफ बनाएर राखिरहने हो? नेपालमा न्यायको अवस्था कस्तो छ, अपराध कसरी बढेको छ, यति बुझ्नका लागि अर्को दृष्टान्त चाहिन्छ र?