Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हिन्दूराष्ट्मा बाइबल,धार्मिक द्वन्द्व चुलियो

२७ सोमबार , असार २०७३१० बर्ष अगाडि

'जब गोराहरु हाम्रो देशमा आएका थिए, त्यसबेला उनीहरुको हातमा बाइबल थियो र, हाम्रो हातमा हाम्रो शासन सत्ता र जमिन त्यसपछि हामीहरुले आाखा चिम्लिएर बाइबल समात्यौं, अँाखा खोल्दा हाम्रो हातमा बाइबल थियो  र गोराहरुको हातमा हाम्रो शासन सत्ता र जमीन।' – नेल्सन मण्डेला

संविधान जारी गरियो, संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो। संविधानमा कसरी धर्मनिरपेक्षता लेखियो भन्ने विषयमा ठूला दलहरु नै अनभिज्ञता प्रकट गर्छन्। तथापि संविधानमा हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गराउने ठूलै षडयन्त्र भएको छ भन्न सकिने आधारहरु छन्।

नेपाल हिन्दूराष्ट्र थियो, धार्मिक सहिष्णुताले ठूलै काम गरिरहेको थियो। जब संविधानमा धर्मनिरपेक्षता लेखियो, त्यो दिन २०७२ असोज ३ गतेदेखि नेपालमा धार्मिक विवाद उठेको छ। जातीय र धार्मिक सहिष्णुता समाप्त भएको छ। नेपाल जनयुद्धको द्वन्द्व नसकिदै अर्को द्वन्द्वमा फस्न पुगेको छ। यो खतरनाक देखिन्छ।

    धर्मनिरपेक्षता घोषणा भएपछि हिन्दूधर्ममाथिमात्रै आक्रमण भएको मानिएको छैन। बुद्धिष्ट, मुस्लिम, सिखले पनि धार्मिक अतिक्रमण भएको ठहर गरिसकेका छन्। त्यसैले सबै बर्गले सनातन हिन्दूराष्ट्र हुनुपर्छ भन्ने आवाज र आन्दोलन गरिरहेका छन्।

संविधान बनाउने ठूला दलहरुले हिन्दूत्वमाथि आक्रमण गरेर राष्ट्रिय शािन्त र सहअस्तित्वमाथि धावा बोलेकै हो, झगडाको बिउ रोपेकै हो।पहिले लुकेर धर्मपरिवर्तन हुनेगर्थ्यो, अव खुलेआम धर्मपरिवर्तन भइरहेको छ। सबैलाई थाहा छ, नेपालको बनावट भौगोलिक विकटताबाट भएको छ। यो बिकटा सौन्दर्य त हो तर शिक्षा, स्वास्थ्य, रोजगारीका हिसावले गरिबी बनाउने कारण पनि बनेको छ। गरिवी र अशिक्षालाई आधार बनाएर गाउँ गाउँमा चर्चहरु खडा गरिएका छन्, चर्चका प्रतिनिधिहरु चामल र बाइबल, पैसा र धर्मपरिवर्तनको एजेण्डा बोकेर गइरहेका छन् र नेपाली समाजलाई क्रिश्चियनकरण गरिरहेका छन्। गरिब, दलित, जनजाति र सिमान्तकृत जनता केही खाना, नाना र छानाका लागि बाइबल बोक्न थालिसकेका छन्। कतिपयलाई असाध्ये रोग पनि निको हुने र राम्रो प्रगति हुने भनेर पनि धर्मपरिवर्तन गराउने काम भइरहेको छ। नियम काननुले धर्मपरिवर्तन अपराध हो, तर कानुन कितावमा छ, व्यवहारमा धर्मपरिवर्तन युद्धस्तरमा चलिरहेको छ। यसरी धार्मिक विवाद चुलिएको छ।