असार २५ मा राप्रपा र राप्रपा नेपालका अध्यक्षद्वय लोकेन्द्रबहादुर चन्द र कमल थापाले हात जोडेर खुशी व्यक्त गरे, बाहिर खबर आयो, साउन आधाआधीमै दुबै राप्रपा एकीकरण निश्चित भयो। राप्रपा नेपालसँग २५ र राप्रपासँग १३ सभासद छन्। दुबै सरकारमा सहभागी पनि भएका छन्। विचार र नीतिगत अधिवेशनले टुंग्याउने गरी एकीकरण हुने पक्कापक्की भएको हो। दुबैको भनाई छ– बैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण गर्न एकीकरण गर्ने सहमति भएको हो। राप्रपा नेपाल र राप्रपावीच हिन्दूराष्ट्र र राजतन्त्र कसरी मिल्यो, आश्चर्य छ।


