Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

फेरि भुटान भ्रमण

शाश्वत शर्मा

१७ मंगलबार , भाद्र २०८२२ दिन अगाडि

फेरि भुटान भ्रमण

चर्चा छ, फेरि पूर्वराजा भुटानको भ्रमण गर्ने । यद्यपि पुष्टि भइसकेको छेन । तापनि सामाजिक सञ्जालमा पूर्वराजा झापा जानु भएको छ । झापाबाटै भुटान जाने हो कि ? जेहोस्, गतवर्ष पनि असोजकै आसपासमा राजाको भुटान भ्रमण भएको थियो । भारतकै अनुरोधमा त्यतिबेला राजकीय सम्मान दिइएको छ । स्मणीय छ, भुटानको राजपरिवारको नेपालका राजपरिवारवीच निकट र सौहाद्र सम्बन्ध रहेको छ ।
स्वनामधन्य ज्योतिषहरुले यही भदौको २८ गतेसम्म राजसंस्था पुनस्र्थापनाको सत्यापन हुनसकेको छैन । केही भन्छन्– अबको भुटान भ्रमणमा सबैकुरा निश्चित हुनेछ । राजतन्त्रको मुद्दा फेरि सडकमा लैजाने तैयारी भइरहेको राजतन्त्रवादी पार्टी,  समूह, अभियन्ता, समर्थकले भन्नथालेको सुनिएको छ । जानिफकारका अनुसार यहाँका राजनीतिक दलहरुभित्र देखिएको किचलो, दिनुहँ उजागर हुने नयाँ नयाँ काण्डहरुले गर्दा पनि यो पद्धतिले अब धान्न नसक्ने प्रष्ट भएको छ । कवाडी संघदेखि शिक्षक,इम्बोस्ड नम्बरदेखि उखु किसानसम्मका कथित आन्दोलन अनि लिपुलेक, कालापानी, लिम्पियाधुराको काण्डले तताएको माहौलसँग पुराना काण्डहरु सबै अगाडि आउने र यो पद्धतिलाई ढाल्न सहयोग पु¥याउन सघाएको देखिन्छ । अर्काथरि प्रम ओलीले राजीनामा दिनसक्ने अनुमान पनि गर्छन् । संसद सुचारु सञ्चालन हुननसक्नु, प्रदेश सभाहरुमा गठबन्धनका वीच र आफै आफै वीच पनि टकराव सुरु हुनु पनि यो पद्धति खारेजको कारण बन्ने ठाकुरा पनि तिनैले गरिरहेका छन् । यो पद्धति असफल भएकैले हरेक दिन प्रश्न उठिरहेको हो । यो पद्धति असफल हुनुको प्रमुख कारण नै निषेध, विभेद र प्रतिषोधको भावना पार्टीहरुमा हुनु हो ।
हिजो राणाकाल होस्, प्रजातन्त्र, त्यसपछि पञ्चायत, ०४६ को बहुदलमा पनि एकपक्षलाई निषेध गरेकै थियो । राणाकालमा जनतालाई, त्यसपछि कहिले दलहरुलाई, कहिले राजतन्त्रलाई निषेध गरियो । लोकतन्त्र आयो, उदारता आएन । व्यक्ति फेरिए, व्यवहार फेरिएन । व्यवस्था परिवर्तनपछि पनि निषेध ऐंजेरु बन्नपुग्यो । लोकतन्त्र त आयो, ठूला ठूला राष्ट्रघात र फैजदारी काण्डहरु घटित भएका छन् । भ्रष्टाचार गर्ने, आफन्त र आसेपासेलाई पैसा बाँडेर लोकतन्त्र बलियो भयो भन्दै आफूलाई पनि सुरक्षित गर्न खोजियो । कानुन व्यवस्था लथालिङ्ग हुनपुग्यो । निषेध र विभेद, प्रतिषोध र भ्रष्टाचार, राजनीतिमा अपराधिकरण, देश बर्बाद भइरहेको छ । राज्यसञ्जाल असफल भइसकेको छ । स्थिति तहसनहस, सम्हाल्नै नसक्ने छ । संसददेखि पालिकासम्मका ७६१ सरकार भ्रष्टाचारको फोहरको पाखेरी बनेका छन् । लोकतान्त्रिक प्रभाव कतै पनि बाँकी छैन । नैतिकहीनता सर्वत्र व्याप्त छ ।
निष्पक्ष हुनुपर्ने ठाउँमा पार्टीका कार्यकर्ता भर्ती गरिएको छ । शिक्षालयसमेत कार्यकर्ता उत्पादन गर्ने र पार्टीको सेवा गर्ने भर्तीकेन्द्रजस्तो बनेको छ । शान्तिसुरक्षाका नाममा पार्टीको मनलागी चलिरहेको छ । तिनलाई पञ्चखत माफी छ । येवा बेरोजगार विदेश पलायन भइरहेका छन् । पाइला पाइलामा भ्रष्टाचार, धरपकड, अपराध, अन्याय भेटिन्छन् । तैपनि यो पद्धति कायमै छ । यसको एउटै कारण हो, जनतालाई विभाजन गर्ने, भ्रष्टाचारको रकम कार्यकर्तालाई बाँड्ने, तिनीहरुबाटै लोकतन्त्र जिन्दवाद भन्न लगाउने । पालिस लगाएको पद्धति बन्यो यो । बिद्रोह हुन्छ, सशक्त हुनसेको छैन, यिनै नेताका आरती उतारेर जिविका चलाउनेका कारण । एकथरि भन्छन्, राजा पनि अलमलमा छन् । राजा देख्यो कि जयजयकार गरेर उचाल्छन्, त्यसपछि दुलो पसेर कोठे प्रशंसा गर्छन् ।  राजालाई अघि सारेर दुनो सोझ्याउनेहरु यथार्थमा सक्कली राजतन्त्रवादी हुन् भन्न सकिन्न । राजाले भनेका छन्– जनताले खोजे म यहीँ छु । जनताले खोजेका छन्, संगठित विद्रोह सम्भव भइरहेको छैन ।  जब जब राजाले सहमति, संवाद र सहकार्यका लागि आह्वान गरेपछि जनतामा उत्साह आउँछ पनि, जनता सडकमा निस्कन्छन् पनि, राजतन्त्रवादीहरु सलबलाउँछन् पनि । फेरि केही समयमै यो तातेको अवस्था सेलाउने गरेको छ ।
निष्कर्षमा भन्नुपर्दा, गणतन्त्रवादीमा राजतन्त्रवादी कमजोर छन् भन्ने परिसकेको छ । १८ वर्षदेखि राजा आउ देश बचाउ भन्नेहरु भनिरहेकै छन्, मेची महाकाली, तराईदेखि हुम्लासम्म, बर्दियादेखि सुर्खेतसम्म, भक्तपुरदेखि ललितपुरसम्म राजाको नागरिक अभिनन्दन पनि भइसकेको छ । यथार्थमा राजतन्त्रवादीको बेमेलले आन्दोलन तुहिएको हो । अब भुटान गएपछि के होला ? हेरौं ।