Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अमेरिकामा प्रशंसा, नेपालमा आरोप

१० मंगलबार , भाद्र २०८२३ दिन अगाडि

अमेरिकामा प्रशंसा, नेपालमा आरोप

उपसभामुख इन्दिरा रानालाई सत्तारूढ एमाले–कांग्रेसले महाभियोग लगाउने तैयारी गरिरहँदा उनीमाथि मानव बेचबिखन, बालबालिका बेचबिखन गरेको र जानकारी नै नदिई विदेश भ्रमण गरिरहेको आरोप लगाउँदै उनीविरूद्ध अभियान नै छेडिएको छ । संसद, सडक र समाचारमा इन्दिरा रानाविरूद्ध छेडिएको यो अभियानको चुरो उनलाई महाभियोग लगाएर संवैधानिक परिषदमा सत्ताधारीको बहुमत पु¥याउने र मनलागी निर्णय गर्ने रहेको बुझिएको छ ।
इन्दिरा रानाविरूद्ध सत्ताधारी एमाले कांग्रेसले अपराधीझैं प्रचार गरिरहेको सन्दर्भमा उनी हरेकपल्ट सभामुखको अनुमति लिएरै विदेश भ्रमणमा गएको र यसपल्ट उनलाई अमेरिकाको बोल्टन सिटी काउन्सिलले जेलमा भएका परिवारका बालबालिकालाई संरक्षण गरेको सामाजिक कार्यका लागि पुरस्कृत गर्दैथियो । अमेरिकाले भनेको छ १९९० मा जब उनी १८ वर्षकी थिइन्, त्यतिबेला देखि बालबालिकाको हक, हितमा काम गरिरहेकोमा प्रशंसा पनि गरेको छ ।