Advertisement Banner
Advertisement Banner

१० बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

दुई दर्जन बढी पार्टीले गरे उपनिर्वाचनका लागि दल दर्ता

०३ मंगलबार , भाद्र २०८२४ महिना अगाडि

दुई दर्जन बढी पार्टीले गरे उपनिर्वाचनका लागि दल दर्ता

रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दुई दर्जन भन्दा बढी पार्टीले राजनीतिक दल दर्ता गरेका छन् । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दलले दल दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगको सोमबारको निर्णयअनुसार २६ दललाई दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जनाएकी छन् ।

जसमा सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको थियो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दर्ता भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा(माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दलले पनि दल दर्ता गरेको छ । त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल उपनिर्वाचनका लागि दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको तयारी गरेको छ ।