Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रजातन्त्र कि अपराधका संरक्षक ?

०३ मंगलबार , भाद्र २०८२१० महिना अगाडि

प्रजातन्त्र कि अपराधका संरक्षक ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि प्रश्न उठेको छ– पार्टी सभापति प्रजातन्त्र कि अपराधका संरक्षक ? सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी, जसले नेपालको प्रजातन्त्रको बिडा उठाएको छ, उही पार्टीले भ्रष्टाचार र अपराधका अनेक काण्ड छोपछाप पार्दै गएको छ ।
विशेष रूपमा सभापति पत्नी तथा परराष्ट्रमन्त्री डा.आरजु राणामाथि भ्रष्टाचारमा संलग्न भएको अनेक आरोप छन् । कुनै प्रकारको छानबिन हुनसकेको छैन । देउवाका सहयोग बालकृष्ण खाँडमाथि पनि गम्भीर आरोप छन् । योभन्दा ठूलो आरोप जिउँदै मान्छे ईटाभट्टामा पोलेको आरोपमा जन्मकैद पाएका मोहम्मद आफताव आलमलाई अदालती सेटिङबाटै निर्दोष सावित गराएको आक्षेप छ । यो मुद्दाको फैसलाकर्ता र फैसलामाथि पुनः न्यायिक छानबिनमा पुगेको छ ।
कांग्रेस विधिको शासनमा उभिनु पर्ने थियो, उनै सभापति देउवाले गतहप्ता पार्टी मुख्यालयमा महोत्तरीका फौजदारी अभियोग लागेका देवेन्द्र यादवलाई प्रवेश गराएका थिए, अपराधीको कांग्रेस प्रवेशको समाचारले धक्का लागेपछि उनको सदस्यता रोक्न कांग्रेस बाध्य भएको थियो ।