Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सोसलिष्टको सदस्य नबन्ने त?

२० सोमबार , असार २०७३१० बर्ष अगाडि

रोशन कार्की– सोसलिष्ट इन्टरनेशनलले एमालेलाई सदस्य बन्ने कि नबन्ने? बन्ने भए कम्युनिष्ट नाम बदलेर प्रस्तुत हुन आग्रह गरेपछि एमालेभित्र ठूलै रडाको मच्चिएको छ। सोसलिष्ट इन्टरनेशनलको पत्रलाई विदेश विभाग प्रमुख माधवकुमार नेपालले स्थायी समितिमा पत्र पछारे, अध्यक्ष केपी ओलीले डेट एक्सपायर सोसलिष्ट इन्टरनेशनलको सदस्य हुन जरुरी छ र? भन्ने प्रश्न गरेपछि निर्णय हुनसकेन।
झलनाथ खनाल र अन्य सदस्यहरुको कम्युनिष्ट नाम राखेर लोकतान्त्रिक अभ्यास गरिरहन सकिन्न, कति दिन चल्न सकिएला भन्ने प्रश्नमा केपी ओली र माधव नेपालको कुरो मिल्यो– हाम्रो पुस्तासम्म नाम फेरिन्न। नेकपा एमालेले आफ्नो नाम फेर्दैन। कुरो टुंगियो, पत्रको जवाफ दिने हिम्मत गरेन एमालेले।     भित्रभित्रै एमालेभित्र नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने मुद्दामा छलफल जारी छ। एमाले नाममात्रको कम्युनिष्ट हो भन्ने पनि सबैलाई थाहा छ र एमालेले लोकतान्त्रिक अभ्यासमा आफूलाई अग्रस्थानमा राखेको पनि छ।