
विवादास्पद नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । पार्टीको राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरिएको भएपनि निर्वाचन आयोगले रन्जितालाई नै अध्यक्षको रूपमा मान्यता दिएको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्षबाट रन्जिता श्रेष्ठलाई हटाएर पार्टीको राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको र त्यसको आधारमा लालवीरले आफू अध्यक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएका थिए ।
तर, निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको आधारमा उक्त राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै रन्जिता श्रेष्ठलाई नै अध्यक्षको रूपमा मान्यता दिएको थियो ।आयोगले दुवै पक्ष रन्जिता र लालवीरलाई पत्र पठाएर स्पष्टिकरण मागेपछी दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।
आयोग दुवैको प्राप्त जवाफ, प्रचलित ऐन, कानुन र पार्टीको विधानको गहिरो अध्ययन गरेर रन्जिता श्रेष्ठलाई नै अध्यक्षका रूपमा कायम राख्ने निर्णय गरेको बताइएको छ ।