Advertisement Banner
Advertisement Banner

३२ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री

२९ बुधबार , श्रावण २०८२३ दिन अगाडि

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने भएका हुन् ।

आज दिउसो १ : ०० बजेलाई बोलाईएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जनाएका छन् । 

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर साउन २३ गते प्रधानमन्त्री ओली स्वदेश फर्किएका थिए ।