Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

२८ मंगलबार , श्रावण २०८२१० महिना अगाडि

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदैछन् । साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका बानियाँले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका बानियाँले विश्वासको मत लिन लागेका हुन् ।नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आज दिउँसो ४ बजे बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाइएको छ । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।