Advertisement Banner
Advertisement Banner

३२ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

शिक्षक फेरि आन्दोलित

२८ मंगलबार , श्रावण २०८२४ दिन अगाडि

शिक्षक फेरि आन्दोलित

शिक्षा मन्त्री फेरेर शिक्षा विधेयक ल्याउने प्रधानमन्त्रीको योजना सफल भएको छैन । शिक्षा विधेयक उपसमितिबाट पास भए पनि नेपाल शिक्षक महासंघले सहमति बिपरित भयो भनेर पुनः आन्दोलन गर्ने मनस्थितिमा पुगेको छ । आन्दोलनका लागि भदौ सुरूमै केन्द्रीय बैठकसमेत राखी दोस्रो हप्तादेखि आन्दोलनमा जाने तैयारी गर्दैछ । प्याब्सनले भने २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
साउन २२ मा संसदको उपसमितिले साउन २२ मा पारित गरेको बिधेयक विरूद्ध शिक्षक संगठनले त्यही दिन अस्वीकार गरेर आन्दोलनको घोषणा गरेको हो । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको आक्रोश छ– यो बिधेयक सरकारको प्रतिवद्धता विपरित छ ।  भदौ ३ र ४ गते शिक्षक महासंघले आन्दोलनको तालिका र परिचालनबारे निर्णय लिन बैठक डाकेको छ । त्यतिञ्जेल शिक्षक महासंघसँग समन्वय गरेर विधेयक तैयारी नगरे शिक्षक सडकमा उत्रने छन् ।