Advertisement Banner
Advertisement Banner

३२ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

Image

हाँस न कुखुराको चाला

शाश्वत शर्मा

२८ मंगलबार , श्रावण २०८२४ दिन अगाडि

हाँस न कुखुराको चाला

दुर्गा प्रसाई करिव चार महिनापछि धरौटीमा रिहा भएका छन् । उनीसँगै तीनकुने घटनाका अन्य आरोपितहरु पनि 
धरौटीमा छुटेका छन् । हल्ला छ, दुर्गा प्रसाईको मुद्दा उपल्लो अदालतमा लैजाने 
तैयारीमा सरकार लागेको छ । जेहास्, अहिलेलाई दुर्गा प्रसाई मुक्त भएका छन् । दुर्गा प्रसाईले अब के गर्छन्, आन्दोलनलाई निरन्तरता देलान् कि नदेलान्, कार्यक्रम सार्वजनिक भइसकेको छैन । दुर्गाका प्रतिक्रिया सुन्दा उनी अझै आन्दोलित छन् । यता आफूलाई राजतन्त्रवादी भन्ने राप्रपा आन्तरिक द्वन्द्वले विभाजनको संघारमा 
छ । अध्यक्ष लिंगदेन र धवशमशेर गूट आआफ्नै रणनीतिमा छन् भने नवराज सुवेदीले राप्रपाको आन्तरिक बिबादलाई निर्वाचन आयोग प्रवेश गराएका छन् ।भारतीय र पश्चिमा गुटमा बिभक्त राप्रपाबाट राष्ट्रवादी आन्दोलन हुनैसक्दैन भन्नेहरु बाक्लिदै गएका छन् । यो स्थितिमा दुर्गा प्रसाईले केही राहत दिएका छन् राजतन्त्रवादी मुद्दा जिवित राखेर । राप्रपालाई केही राहत मिलेको हुनुपर्छ दुर्गाका कारण । होला, दशैं 
तिहार, छठ पर्व आदिपछि फेरि सडक आन्दोलन गर्ने कुरा सुनिन्छ । भद्रो हेरेर 
गरेको आन्दोलनले कुनै लछारपाटो नलगाउने पक्का छ । अहिलेसम्मको घटनाक्रम हेर्ने हो भने सडक तताउने नेतृत्व दुर्गा प्रसाईले गरेका छन् । अनेक हण्डर ठक्कर खाएर र राजतन्त्रवादीले बेवास्ता गरेर असरल्ल छाडेका कारण दुर्गा प्रसाई अलिक परिपक्व भएका छन् । मूलकुरो विदेशीहरुले सत्तावादी र बिरोधीसँग कसरी एकैसाथ सहकार्य गर्दा रहेछन् र लाभ उठाउने रहेछन् भन्ने पनि देखियो । आन्दोलनको समयमा दुर्गा प्रसाईलाई दिल्लीले दर्जनौंपटक बोलायो, उक्सायो । अन्तमा पक्राउ गरेर नेपाल नै पठाइदियो । नतिजा ४ महिने खोरमा पु¥याइदियो ।
विद्या भण्डारी चीन पुगेर फर्केपछि भारतले यूटर्न लियो, प्रम ओली दक्षिण फर्किए । भारतले चीनकै पोल्टामा सुतेको अर्थमा आलोचना गरेका प्रम ओलीलाई भारतले निम्त्याएको छ । निम्तो बोकेर विदेश सचिव नेपाल आउनेछन् । यसबाट पनि थाहा हुन्छ, विदेशीको चासो उनीहरुको स्वार्थमा मात्र हुन्छ । फुटाउ र राज 
गर, भारतको नीति हो । यही नीतिमा यहाँ नेताहरु पनि लागेका छन् । नेपालको जतिसुकै बेहाल होस्, विदेशीहरु हरेक शक्तिलाई खेलाउन, नचाउन सक्छन् ।
गफै त हो, दलहरुभित्रै खेलेर राजनीतिक परिवर्तन सम्भव छ भन्ने गफ चर्चामा छ । कांग्रेसभित्र देउवा र शेखर, एमालेमा ओली र विद्या, माओवादीमा प्रचण्ड र जनार्दन, नाउपामा लोग्नेस्वास्नीवीच मारामार छ । जनमतमा राउत र अर्को खेमा छ । भनिन्छ, भदौको मध्यदेखि शिक्षकहरु सडकमा आउँदैछन् । कुलिङ पिरियडको विषय मुद्दा बनेको छ । यता मन्त्रीमण्डलको पुनर्गठनको कुरा, उता दुर्गा प्रसाई र रवि लामिछानेको धरौटीमा छाडिने सुरसार, राजनीति फेरि तात्ने तैयारीमा देखिन्छ । जनमत बिरोधीको पक्षमा देखिने र भिन्न प्रकारले यो पद्धति सिध्याइदिने खेल भइरहेको देखिन्छ । परिवर्तन होला, तर नेपालीले खोजेको राजासहितको प्रजातन्त्र हो । अहिलेसम्म द्वन्द्व बढेका पक्षमा रहेकाहरु राजासहितको पद्धतिमा बोलेका छैनन् । स्थापित पार्टीहरु असफल भएका छन्, नेताहरु बिफल भएका छन् तर सफलतातिर लागेका बिद्रोहीहरुले राजा, हिन्दुधर्मसहितको पद्धतिमा प्रष्ट भएको स्थिति छैन । जबसम्म बिरोधीहरु स्पष्ट हुँदैनन्, तवसम्म यो भ्रष्ट पद्धति र नेताहरु किनारा लाग्ने र जनअपेक्षाअनुसारको पद्धति स्थापिन हुनसक्दैन । के पनि सम्भव छ भने अहिले कुकुर बिराला चरित्रमा देखिएकालाई ०८४ को चुनाव नआउँदै विदेशीले मिलाइपो दिने हुन् कि ? किनकि विदेशीलाई स्वार्थसिद्ध गर्नुछ, यिनीहरुलाई सत्ता र शक्ति चाहिएको छ । नेपाल र नेपालीको भविष्यको चिन्ता कसलाई छ र ?
जबसम्म नेपाली आफै जागरुक भएर यो पद्धतिविरुद्ध जाइलाग्दैनन्, तवसम्म केही हुनेवाला छैन । राप्रपा, राप्रपा नेपाल राष्ट्रिय शक्ति, हिन्दुवादी दलहरु आदिइलाई त संवोधन गर्नु पनि बेकार हुनसजान्छ । एउटा दुर्गाले अझै हिम्मत गरेका सुनिएकाले तिनलाई मात्र मध्यनजर राखिएको हो । लाभ, लोभ र ठेक्कापट्टामा लागेकाको चेत खुलाउन जरुरी छ । हाँस न कुखुराको चालाले परिवर्तन हुन्न ।