Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

राष्ट्रपति पौडेल प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२६ आइतबार , श्रावण २०८२३ महिना अगाडि

राष्ट्रपति पौडेल प्रधानमन्त्री ओलीबीच भेटवार्ता

आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहान शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई  प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बिहान शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको बताइएको छ । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसंघिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

सचिवालयका अनुसार आज बिहानको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ भने भेटमा समसामयिक विषयहरूमा समेत कुराकानी भएको छ ।