Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

फागुन १ देखि जनकारवाही

२० मंगलबार , माघ २०७१११ बर्ष अगाडि

माघ २० गते। नेकपा–माओवादीले फागुन १ गतेदेखि 'भ्रष्ट दलालहरुमाथि जनकारवाही' सुरु हुन्छ भन्ने घोषणा गरेको छ। नेवाःराज्य समितिको कार्यालय कुपण्डोलमा बसेको केन्द्रीय समितिको वैठकले फागुन १ देखि २४ सम्म संगठन र संघर्षको अभियान चलाउने क्रममा जनकारवाहीको उत्पात मच्चाउने बैद्यको योजना छ। स्रोत भन्छ: देशभरिमा २ सय यस्तो जनकारवाही हुनसक्छ। यही अवधिमा संगठन सुदृढिकरणका साथ जनसरकार गठन गर्न जनसमितिहरु निर्माण हुनेछन्। जनसेनाको नाम राष्ट्रिय युवा जनस्वयमसेवक ब्यूरोका नाममा यही समयमा जन्मिने छ। विप्लव गएपछि खाली भएका ३७ सदस्यमा नयाँ नियुक्ति गरेर पार्टीलाई पूर्णाकार दिइएको छ।
नयाँ सदस्यहरुमा सेती महाकालीबाट आनन्द कार्की, खेम बम, मिलन र देवकी मल्ल, भेरी कर्णालीबाट चक्रपाणी, विमुख र शान्ता छन् भने थारुवानबाट सिंहराज, सभाष, मगरातबा हस्तबहादुर केसी, पिताम्बर आचार्य, गीरबहादुर थापा, रक्तिम, सागर, ताहाल र अवधबाट भानु श्रेष्ठ, तमुवानबाट लोकबहादुर थापा, सरला र ताम्मसालिङबाट पूर्ण खड्का र अम्बिका मुडभरी रहेका छन्। नेवाबाट सीता आचार्य, पार्वती र प्रतिभा चुनिएका छन्। यसैगरी मिथिलाबाट रामनारायण, विश्वजित र श्याम, कोचिलाबाट विजय राई, किरातबाट देवराज राई र मोहन राई, लिम्बुवानबाट नविन लिम्बु र अमरसिंह थापा तथा विदेशबाट कर्ण शाही, जेवी रसाइली, जबस मोर्चाबाट जयन्ती र युवाबाट साकार आचार्य केन्द्रीय समिति उक्लेका छन्।