Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

कम्युनिष्ट सफाया हुँदै

२२ बुधबार , श्रावण २०८२२ दिन अगाडि

कम्युनिष्ट सफाया हुँदै

बिरोधीलाई सफाया अभियान चलाउनु प्रचण्ड र ओलीको अराजकता बढ्दो छ । यसै भन्छन्– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई । भट्टराईले यी दुबै नेतालाई  रूसी नेता जोसेफ स्टालिनको शैलीमा राजनीतिक रूपमा सफाया गर्न थालेको आरोप लगाएका छन् ।
भट्टराईको सामाजिक सञ्जालमा यसरी कडा टिप्पणी आएको छ । उनले एमाले र माओवादी केन्द्रभित्र आन्तकरिक द्वन्द्व र निषेधात्मक प्रवृत्ति चर्केको र यी दुबै नेताको अराजनीतिको कडा आलोचना गरेका हुन् । आलोचनाको सन्दर्भमा पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले ‘ग्रेट ट्रायल’ (१९२७–३८) को सन्दर्भ उल्लेख गर्दै यी दुबै नेताले आफ्ना आलोचकहरूलाई पार्टी र सत्ताबाट हटाउने प्रवृत्तिमा तिब्रता ल्याएको समेत उल्लेख गरेका छन् ।
बाबुराम भट्टराईकै शब्दमा– ‘मुख्य नेतृत्वसँग आँखा जुधाउने वा आलोचना गर्नेहरूलाई विभिन्न आरोप लगाएर सदाका लागि पार्टी र सत्ताबाट बिदा गर्ने प्रवृत्ति अहिले पनि उत्तिकै हावी छ । स्टालिनकै झल्को आउने गरी नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्दै छन् । यो इतिहासको ठूलो विडम्बना हो ।’
भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलन रूसमा जस्तै विलाएर जाने चरणमा पुगेको छ दावी पनि गरेका छन् । नेपालको वर्तमान कम्युनिस्ट संरचनामा वैचारिक स्खलन र बन्ध्याकरण तीव्र रूपमा फैलिएको भनेको छन् ।