
बिरोधलाई मिचेर प्रचण्डको लाइनमा माओवादी उभिएको छ । बैठक सकियो, बिबाद सकिएको छैन ।
१० वर्षे जनयुद्ध गर्ने माओवादी ०६५ सालमा सत्तामा पुग्यो । प्रचण्ड ३ पल्ट प्रधानमन्त्री भइसकेका छन्, अहिले प्रमुख प्रतिपक्षीमा रहेका छन् तर माओवादीले १८ वर्षको अवधिमा के ग¥यो भन्दा पनि पार्टीभित्रको अहंवादले कमजोर बन्दै गएको विश्लेषण हुनथालेको छ ।
यतिबेला उपमहासचिव जनार्दन शर्मा अध्यक्षमाथि पार्टी किन कमजोर भयो, ३१ लाखबाट कुन कारणले ११ लाख मतमा पार्टी झ¥यो भन्ने प्रश्न गर्दै अध्यक्षले आत्मालोचना गर्नुपर्ने अडानमा छन् । अध्यक्ष प्रचण्ड र उनका पक्षधरहरू जनार्दनलाई जसले गल्ती ग¥यो उसैले आत्मालोचना गर्नुपर्छ भन्दै पार्टी छोडेर गए हुन्छ भनेका छन् । खासगरी पार्टीका आन्तरिक विषय बाहिर लगेकोमा अध्यक्ष प्रचण्ड धेरै रिसाएका देखिन्छन् ।
असली कुरो– चारदशकदेखि पार्टीको नेतृत्व गरिरहेका प्रचण्डले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने माग हो, त्यसमा अध्यक्ष प्रचण्ड असन्तुष्ट भएका हुन् । अधिकांश नेताहरू प्रचण्डका सामु नबोल्ने, मौन बस्ने गरेका छन् ।
यसकारण एक्लाजस्ता देखिएका जनार्दन शर्मा कोपभाजनमा पर्ने खतरा विश्लेषकहरूले औंल्याएका छ्न । तर जनार्दन शर्मा चट्टान भएर उभिएका छन् र पार्टीलाई समाजवादको दिशामा लैजाना नसकेको र सरकारमा उदारवाद र नवउदारवादको बखान गर्ने गरेको भन्दै उनले पार्टी नछाड्ने र पार्टी निर्माणमा प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ, म तैयार छु, भनेका छन् । जनार्दन शर्माले ममाथि पार्टी विभाजनको दुष्प्रचार किन गरियो ? भन्ने प्रश्न पनि उठाएका छन् । उनले पार्टीको ३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ भनेपछि अध्यक्ष प्रचण्ड आक्रोसित भएको देखिन्छ ।
प्रचण्डमाथि यति गम्भीर आरोप पार्टीभित्रै पहिलोपल्ट लागेको छ । सम्भवतः त्यसैले पनि हुनसक्छ, प्रचण्डले एकपल्ट फेरि क्रान्ति गर्न मनलागेको विचार सार्वजनिक गरेका छन् ।
जनार्दन शर्माले पार्टीलाई समाजवादको दिशामा किन लान सकिएन, नवउदारवादको बखानमा किन रूमलियौं, सिद्धान्तअनुसारको नीति कार्यक्रम कतातिर पुग्यो, मजदूर किसानको बाटो छाडियो, बर्गप्रति किन उदासिनता, मैले अर्थमन्त्री हुँदा ल्याएको किसान पेन्सन, प्रत्येक पालिकामा ३०० जना कृषि भोलिन्टियर बनाउने र बाँझो जमिन प्रयोग गर्ने जस्तो कार्यक्रम हाम्रा अध्यक्ष प्रधानमन्त्री भएपछि किन खारेज गरियो, सङ्घीयता कार्यान्वयनमा हाम्रो मूल नेतृत्वको इमानदारिता किन देखिएन, उत्पीडित, जाति, वर्ग, क्षेत्र र समुदाय किन रिसाए, पहिचान लगायतका मुद्दाहरू किन बिर्सियौं, ३१ लाखको मत ११ लाखमा झरेको मैले गर्दा हो, नयाँ संविधानपछि पार्टीको पुनर्संरचना किन हुनसकेन, केन्द्रीकृत मानसिकताबाट किन ग्रसित छौं, पुरानै शैलीमा किन उभिएका छौं, हाम्रो वैचारिक अस्पष्टता, राजनीतिक लाइनको समस्या, सङ्गठनात्मक प्रणाली र विधिका सङ्कटहरूको कारण के हो, जनताले खोजेको आर्थिक समृद्धिको विकल्प दिन किन सकिएन, यी तमाम विषयमा बहस, अध्ययन, अनुसन्धान किन गरिएन भन्नेजस्ता प्रश्न उठाएपछि माओवादी पार्टीभित्र ठूलै रण्डखाल मच्चिएको छ ।
पार्टीभित्र संकल्प र साझेदारी हुनुपर्छ, प्रतिवद्धताको खाँचो छ पनि भनेका छन् ।
कम्युनिष्ट विश्लेषक हरि रोका, सुन्दरमणि, सुरेन्द्र केसीहरूले जनार्दन शर्माको साहसलाई राम्रो मानेका छन् । तर कम्युनिष्ट पार्टीहरूभित्र वैचारिक विश्लेषणभन्दा पनि बढी नेताको आरती उतार्ने, भजन गाउने संस्कृतिको बिकृति बढिरहेको बताएका छन् ।